Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गायिका मेचु धिमालको 'हाम्रो नजर' सार्वजनिक ( भिडियो ) 

गायिका मेचु धिमालको 'हाम्रो नजर' सार्वजनिक ( भिडियो ) 

इच्छाकामना न्युज

१५, फाल्गुण २०७८
गायिका मेचु धिमालको 'हाम्रो नजर' सार्वजनिक ( भिडियो ) 
images
काठमाडौं – 'हाम्रो नजर' बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। गीतमा गायिका मेचु धिमाल र गायक मिस्टर सुबोधको स्वर समावेश छ। युवा प्रेममा आधारित यस गीतमा तोरण थापा मगरको शब्द रहेको छ भने सुरेश कुमार क्षेत्रीको संगीत रहेको छ।  रेन तामाङले यस गीतलाई संगीत संयोजन गरेका हुन्।  

जापानमा छायाँकन गरिएको यस भिडियोमा लक्ष्मण पुन लक्स  र आशा राना  मगर बीचको अन्स्क्रिन प्रेमलाई देखाइएको छ। भिडियोमा अतिथि भूमिकामा राजु राना मगर र सुभेक्षा महर्जनको समेत अभिनय रहेको छ। गोविन्द बिस्टले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई लक्ष्मण पुन लक्सको निर्देशनमा तयार पारिएको हो।  रमा  राना मगर निर्मात्री रहेको यस भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो।  
 
भिडियो लिंक:

images
प्रकाशित मिति :फाल्गुण १५, २०७८ आइतवार - १८:४८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology