Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको गण्डकी गाउँपालिका केन्द्र भुम्लिचोकमा प्रहरी चौकी स्थापना, स्थानीयद्वारा खुशी व्यक्त

गोरखाको गण्डकी गाउँपालिका केन्द्र भुम्लिचोकमा प्रहरी चौकी स्थापना, स्थानीयद्वारा खुशी व्यक्त

इच्छाकामना न्युज

११, फाल्गुण २०७८
गोरखाको गण्डकी गाउँपालिका केन्द्र भुम्लिचोकमा प्रहरी चौकी स्थापना, स्थानीयद्वारा खुशी व्यक्त
images

भूम्लिचोक, ११ फागुन । गोरखाको गण्डकी गाउँपालिकाको केन्द्र भूम्लिचोकमा प्रहरी चौकी स्थापना गरिएको छ । चौकीको आज एक समारोहका बीच प्रमुख जिल्ला अधिकारी शंंकरहरि आचार्यले उद्घाटन गरेको हो ।

images
images

चौकी उद्घाटन कार्यक्रममा गण्डकी गाउँपालिका ६ नं. वडाकाका वडा अध्यक्ष जीवन गुरुङले कार्यकालको उतराद्र्धमै भए पनि प्रहरी चौकी स्थापना हुनु खुसीको कुरा रहेको बताए। साथै राजनैतिक दलका प्रतिनिधि भीम श्रेष्ठले जनप्रतिनिधिहरुको कार्यकालको उत्तराद्र्धमै भए पनि प्रहरी चौकी स्थापना हुनु यस क्षेत्रको गर्वको बिषय रहेको बताए।

त्यसै गरि प्रहरी उपरीक्षक शेखर खनालले प्रहरी चौकी स्थापनाका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताहरु र आवश्यक समन्वय गर्नुहुने गाउँपालिका अध्यक्ष लगायत सम्पूर्णमा धन्यवाद ब्यक्त गर्दै यस चौकीमा आउने प्रहरी टिमले जनताका लागि शान्ति सुरक्षा र आवश्यक अन्य सेवा प्रवाह गर्न निर्देशन दिए । कार्यक्रमलाई सम्बोधन गर्दै गोरखाका प्रजिअ आचार्यले प्रहरीहरुलाई प्रभाव, दबाब र रवाफमा नपरी कानून सम्मत ढंगले जनताको सेवामा समर्पित हुन निर्देशन दिए । साथै गाउँपालिका भित्रका अध्यक्ष, वडाअध्यक्ष र जनप्रतिनिधिहरुसंग आवश्यक समन्वय गरि काम गर्न समेत निर्देशन दिए ।

274600678_321697736668141_2905090686104351109_n.jpg

गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगरले मुस्कान सहितको सेवा प्रवाह गर्दै समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न आग्रह गरे । कार्यक्रमलाई सम्बोन्धनकै क्रममा प्रहरी चौकी स्थापनाको लागि आबश्यक सहयोग र समन्वय गर्नु हुने प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा जग्गादाताहरुमा बिशेष धन्यबाद दिए ।

गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर भण्डारीले बिशेष धन्यबाद सहित आगन्तुकहरुको स्वागत गरेका थिए। गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना मगरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक शेखर खनाल, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निरिक्षक सुदिप अधिकारी सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक रमेश थापा मगर, गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर भण्डारी, राजनीतिक दलका प्रतिनिधि गण्डकी गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न संघसस्थाका प्रतिनिधिहरु लगायत सर्वसाधारणहरुको उल्लेख्य उपस्थिति रहेको प्रकाश श्रेष्ठले जानकारी दिए।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - २१:०७:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology