गोल्डेन बुढा, जुम्ला, ४ फागुन । जुम्लाको तिला गाउँपालिकाका जेष्ठ नागरिको घर,घरमै स्वास्थ्य परिक्षण भईरहेको छ । पालिकाका उपाध्यक्ष बिष्णु बुढा स्वास्थ्यकर्मी लिएर घरघरमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गराईरहनु भएको हो ।
अत्यधिक चिसोको समयमा जेष्ठ नागरिको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले स्वास्थ्य जाचँ गर्दै रोग अनुसारको औषधि स्वास्थ्यकर्मीले दिने गरेका छन् ।
तिला गाउँपालिका ८ जुम्लाकोटका ९६ बर्षिय भक्त बुढाले पहिलोपटक स्वास्थ्यकर्मी सहित गाउँपालिका उपाध्यक्ष गाउँमा पुगेपछि खुसी व्यक्त गर्नुभएको छ । पालिकाले गरेको यो कामले जेष्ठ नागरिकलाई सम्मानित गरेको महसुस गरेको उहाँले बताउनु भयो ।
फाईल तस्विर