Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जापानमा मृत्यू भएका गोरखा देउरालीका युवाको परिवारलाई १० लाख रुपैयाँ सहयोग

जापानमा मृत्यू भएका गोरखा देउरालीका युवाको परिवारलाई १० लाख रुपैयाँ सहयोग

इच्छाकामना न्युज

२६, माघ २०७८
जापानमा मृत्यू भएका गोरखा देउरालीका युवाको परिवारलाई १० लाख रुपैयाँ सहयोग
images

गोरखा, २६ माघ । जापानमा मृत्यू भएका गोरखा नगरपालिका १३ देउरालीका सुजन बर्सिलाको परिवारलाई १० लाख २९ हजार सहयोग गरिएको छ ।

images
images

गोरखा समाज जापानको अगुवाईमा संकलित उक्त रकम बिहिवार सुजनका बुबा शिवहरि बर्सिलालाई घरमै पुगेर हस्तान्तरण गरिएको हो ।
मंसीर १९ गते जापानको फुकुओका शहरमा आफ्नै कोठामा मृत भेटिएका २४ वर्षीय सुजन बार्सिलालाई जापानमा रहेको नेपाली संबद्ध बिभिन्न संघ संस्थाले सहयोग पठाएको गोरखा समाज जापानका सचिव बिराट खनालले जानकारी दिए ।

चुणामणि भट्टराईको नेतृत्वमा रहेको गोरखा समाज जापानले उपाध्यक्ष मनिष आमात्यको संयोजकत्वमा सुजनको परिवारलाई सहयोग गर्न अभियान संचालन गरेको थियो । उक्त अभियानबाट संकलित रकम गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, वडा अध्यक्ष हरिबहादुर खनाल, सहयोग संकलन अभियानका संयोजक मनिषका बाबु चित्रकुमार श्रेष्ठले सहयोग रकम पिडित परिवारलाई उपलब्ध गराएका हुन् ।

सहयोग हस्तान्तरण गर्दै मेयर पन्तले जापानबाट आएको सहयोगले केही हदसम्म राहत मिलेको बताउँदै मृत्यूको कारणबारे सत्यतथ्य छानबिन गरेर पिडितलाई न्याय दिलाउनुपर्ने बताए । नगरपालिकाको तर्फबाट घटना अनुसन्धान र पिडित परिवारलाई सहयोग गर्ने कुरामा तयार रहेको बताउँदै उनले सहयोग पठाउने जापान र गैरआवसीय रुपमा रहेका नेपालीहरुलाई धन्यवाद दिए ।

जापानमा रहेका नेपाली र गैरआवासीय संघ–संस्था संवद्धहरुले पनि सहयोग गरेका छन् । यस्तै गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति, फुकुओका नेपाली सोसाईटीले संकलन गरेको दुई लाख ९० हजार रुपैयाँ पनि केही दिनमा पठाउने तयारी भएको गोरखा समाज जापानले जनाएको छ ।

मृतकको दाहसंस्कारमा लागेको रकम एक लाख ७८ हजार एक सय रुपैयाँ पनि संकलन गरेर खर्च गरिएको समाजका सचिव बिराट खनालले बताए ।

२६ महिनाअघि अध्ययनको शिलसिलामा जापान गएका २४ वर्षीय बार्सिलाको मृत्यूको कारणबारे अनुसन्धान भइरहेको छ । मृत्यू शंकास्पद रहेको आशंका परिवारको छ ।

images
प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - १९:१६:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology