Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अमेजनले ६० करोडमा किन्यो विजय देवरकोन्डाको ‘लाइगर’

अमेजनले ६० करोडमा किन्यो विजय देवरकोन्डाको ‘लाइगर’

एजेन्सी

२६, माघ २०७८
अमेजनले ६० करोडमा किन्यो विजय देवरकोन्डाको ‘लाइगर’
images

साउथ सुपरस्टार विजय देवरकोन्डाको नयाँ फिल्म ‘लाइगर’लाई लिएर दर्शकमाझ छुट्टै किसिमको उत्साह छ । यही फिल्मबाट विजयले बलिउडमा पाइला चाल्दैछन् । विजयलाई हिन्दी दर्शकले फिल्म ‘अर्जुन रेड्डी’का कारण चिन्दछन् । जुन फिल्म बक्सअफिसमा सुपरहिट साबित भएको थियो ।

images
images

फिल्म ‘लाइगर’ मा विजयसँगै अभिनेत्री अनन्या पाण्डेको अभिनय छ । फिल्मको सेटबाट केही समयअघि दुवैको तस्बिर बाहिर आएको थियो । जसमा दुवैजना स्टन्ट गरिरहेको देख्न सकिन्थ्यो ।

फिल्ममा विजय र अनन्याका अलावा माइक टाइसन पनि देखिँदैछन् । माइकले केही दिनअघि फिल्मको लागि सुटिङ पूरा गरेका थिए । फिल्ममा माइकको स्पेसल केमियो हुनेछ । फिल्ममा विजयले माइकबाट प्रभावित बक्सरको भूमिका निभाउँदैछन् ।

हालैमात्र फिल्मका निर्माताले फिल्मको डिजिटल राइट अमेजन प्राइम भिडियोलाई बेचेका छन् । उनीहरूले ६० करोड रुपैंयाँमा फिल्म बिक्री गरेका हुन् । फिल्मका निर्माताहरूले ८० करोड माग गरे पनि अमेजन भने ६० करोडबाट अगाडि बढ्न चाहेन । यो फिल्म पहिला थिएटरमा रिलिज हुनेछ । त्यसपछि मात्र निर्माताले यसलाई ओटीटीमा रिलिज गर्नेछन् ।

images
प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - १८:२५:५२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology