Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

कोभिडका कारण बन्द भएको मनकामना मन्दिर फागुन १ गतेबाट खुल्ने

कोभिडका कारण बन्द भएको मनकामना मन्दिर फागुन १ गतेबाट खुल्ने

images

इच्छाकामना न्युज

२५, माघ २०७८
कोभिडका कारण बन्द भएको मनकामना मन्दिर फागुन १ गतेबाट खुल्ने
images

मनकामना, २५ माघ ।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर फागुन १ गतेबाट खुल्ने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शकरहरी आचार्यको नेतृत्वमा मंगलबार बसेको वैठकले कोभिड संक्रमणको अवस्था सामान्य भएसँगै यस अघि बन्द गरिएका मनकामना मन्दिर खुल्ला गर्ने निर्णय गरेका हो ।

फागनु एक गतेबाट मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालन गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न पाउने वैठकले निर्णय गरेको छ ।

कोरोनाको जोखिमबढेसँगै भिडभाड नियन्त्रण गर्नका लागि माघ ६ गते मन्दिरमा भक्तजन प्रवेशमा रोक लगाइएको थियो । यो अवधिमा भक्तजनहरु मन्दिर बाहिरबाट नै दर्शन गरेर फर्कने गरेको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए ।

मन्दिर खुलाउने निर्णय भएसँगै मनकामना मन्दिर दर्शन गर्न आउने भक्तजनहरु बढ्ने उनले बताए । गुरुङका अनुसार मनकामना मन्दिरमा दैनिक एक हजार भन्दा बढी भक्तजन मन्दिर दर्शन गर्न आउने गर्दछन् । विदाको दिन अझ यो संख्या बढी हुन्छ ।

कोभिड जोखिम रहेता पनि मनकामना केवलकार भने संचालनमा रहेका छन् । मनकामनाका स्थानीयहरु आउजाउ गर्न र मन्दिरबाहिरबाट पुजापाठ गर्ने भक्तजनको सजिलोका लागि केबलकार नियमित संचालनमा रहेको बताइएको छ ।

images
प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - २०:५४:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology