Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

माओवादी केन्द्र गण्डकी गाउँपालिका कमिटीले बल्ल पायो पूर्णता

माओवादी केन्द्र गण्डकी गाउँपालिका कमिटीले बल्ल पायो पूर्णता

images

इच्छाकामना न्युज

२२, माघ २०७८
माओवादी केन्द्र गण्डकी गाउँपालिका कमिटीले बल्ल पायो पूर्णता
images

बुट्टार, २२ माघ । नेकपा माओवादी केन्द्र गण्डकी गाउँपालिका कमिटीले पूर्णता पाएको छ । आज सम्पन्न तेश्रो गाउँ किमिटी बैठकले बाँकी पदाधिकारीहरुको टुंगो लगाएका हुन् ।

बैठकले बाँकी रहेको पदहरुमा उपाध्यक्षमा रामप्रसाद रेग्मि, सह–सचिवमा दुर्गा गुरुङ र कोषाध्यक्षमा एक बहादुर थापालाई चयन गरिएको हो ।

यस अघि गाउँ सम्मेलनले सिताराम रसाइलीलाई अध्यक्ष र तूलसी रेग्मिलाई सचिवमा चयन गरे पनि अन्य पदाधिकारीहरु टुंगो लगाउन सकेका थिएनन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य परशुराम रम्तेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा पार्टी वडा कमिटी र विभिन्न भातृ संगठनका प्रतिनिधिहरुले रिर्पोटिङ गरेका थिए ।

वाइसियल इन्चार्ज चिज कुमार गुरुङ, एकिकृत शिक्षक संगठनका अधयक्ष नेत्र श्रेष्ठ, अखिल क्रान्तिकारीका सुन्तोष मरहठ्ठा र पार्टीका आठ वटै वडाका अध्यक्षहरुले रिर्पोटिङ गरेका हुन् । कार्यक्रममा गण्डकी प्रदेश समिति सदस्य दीपक तिमल्सिना (साकार), अंकुर तिमल्सिना (आयाम), गण्डकी प्रदेश सदस्यहरु जीवन गुरुङ, राजकुमार सुनार, भगवती चेपाङ, र प्रदेश सल्लाहकार समितिका सचिव वासुदेव रेग्मि लगायतको आतिथ्यता रहेका थिए ।

नेकपा माओवादी केन्द्र गण्डकी गाउँपालिका अध्यक्ष सिताराम रसाइलीको अध्यक्षतामा रिभरफन रिर्सोटको सभाहल बुट्टारमा सम्पन्न भएको हो ।
कार्यक्रम गाउँ कमिटी सचिव तूलसी रेग्मिले सञ्चालन गर्नुभएको थियो ।

 

images
प्रकाशित मिति :माघ २२, २०७८ शनिवार - २१:४८:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology