Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लगातार दुई रात हिउँ परेपछि छिम्केश्वरीमा हिउँ खेल्ने आन्तरिक पर्यटक बढे

लगातार दुई रात हिउँ परेपछि छिम्केश्वरीमा हिउँ खेल्ने आन्तरिक पर्यटक बढे

इच्छाकामना न्युज

२२, माघ २०७८
लगातार दुई रात हिउँ परेपछि छिम्केश्वरीमा हिउँ खेल्ने आन्तरिक पर्यटक बढे
images

आँबुखैरेनी,२२ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिका स्थत छिम्केश्वरीमा हिउँपरेपछि आन्तरिक पर्यटकहरु बढेका छन् । बिहिबार र शुक्रबार  राती लागातार हिउँपरेपछि  हिउँ खेल्न आँबुखैरेनी, मुग्लिन र आसपासका स्थानहरुबाट हिउँ खेल्न आउनेहरुको भीड लागेका हुन् । बिहिबार राति हिउँपरेपछि   शुक्रबार फाट्टफुट्ट मात्र पुगेका भएपनि शनिबार भने हिउँ खेल्न आउनेहरु बढेको छिम्केश्वरी मन्दिरका पुजारी पदम गुरुङले बताउनुभयो ।

images
images

उहाँका अनुसार बिहिबार  राति भन्दा शुक्रबार राति हिउँ बढी परेका हुन् । उहाँका अनुसार यस अघि ३६ साल तिर यहाँ हिउँ परेका थिए ।

तनहुँ जिल्लाकै सबैभन्दा अग्लो डाडाँ छिम्कालेकमा हिउँ परेको छ। समुन्द्री सतहदेखि २ हजार १ सय ३४ मिटरको उचाईमा रहेको जिल्लाकै सबैभन्दा अग्लो डाँडा छिम्कालेकमा यसपटक हिउँ परेको हो।

उक्त स्थानमा हिउँ परेपछि त्यस वरपरका दृश्यहरु मनमोहक देखिएको छ । हिमपात हुने छिम्केश्वरी तनहुँकै एकमात्र स्थान हो ।

images
प्रकाशित मिति :माघ २२, २०७८ शनिवार - २१:४५:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology