Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनी गाउँपालिका स्तरीय तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद गठन

आँबुखैरेनी गाउँपालिका स्तरीय तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद गठन

अध्यक्षमा माई छिम्केश्वरी तमु सुधार समाजको काजीकुमार तमु र सचिवमा आँबुखैरेनी तमु समाजको शर्मिला घले चयन

images

इच्छाकामना न्युज

१८, माघ २०७८
आँबुखैरेनी गाउँपालिका स्तरीय तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद गठन
images

आँबुखैरेनी, १८ माघ । तनहुँको आँबुखैरेनीमा गाउँपालिका स्तरीय तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद गठन भएको छ। तत्कालीन तमु ल्होसार मूल समारोह समिति आँबुखैरेनीको आयोजनामा माई छिम्केश्वरी तमु सुधार समाजको प्राङ्गणमा भएको एक औपचारिक कार्यक्रमबाट तमु ह्युल छोज धिं गुरुङ  राष्ट्रिय परिषद आँबुखैरेनी इकाईको गठन भएको हो । 

इकाईको अध्यक्षमा माई छिम्केश्वरी तमु सुधार समाज आँबुखैरेनीका काजीकुमार गुरुङ र सचिवमा आँबुखैरेनी तमु समाज आँबुखैरेनीका शर्मिला घले चयन भएको छ। समितीको उपाध्यक्षमा डोल माँया गुरुङ्ग, सह–सचिवमा लाल बहादुर तमु, कोषाध्यक्षमा रेशम बहादुर तमु रहनुभएको छ । यसैगरी, समितीको सदस्यहरुमा चन्द्र प्रकाश तमु, धन बहादुर तमु, लक्ष्मण तमु, कुमार तमु, नेत्र तमु, मिन सुब्बा तमु, चिज कुमार तमु, तुल बहादुर तमु, बिरुमाया तमु, चतुमान तमु, ओम माया तमु, लाल कुमार तमु, पूर्णीमाया तमु, राजेन्द्र तमु लगाएत रहेका छन् । 

यस्तै, समितीको संरक्षक तथा सल्लाहकारमा नेपाल सिंह तमु, प्रेम बहादुर तमु, मे।खेम बहादुर तमु, पूर्ण बहादुर तमु, याम बहादुर तमु, पृथ बहादुर तमु, निती बहादुर तमु, पृथ्वी बहादुर तमु, दिपक तमु, मिलन तमु, एक बहादुर तमु रहेका छन् । 

इकाइमा  आँबुखैरेनी गाउँपालिका वडा नं १ देखि वडा नं ६ भित्रका तमु समाज अग्रज अगुवाहरुको प्रतिनिधित्व रहेको छ । उक्त तमु ल्होसार मूल समारोह  समितिले गत पुस १५ गते तमु ल्होसार २०७८ को कार्यक्रम आँबुखैरेनी(३ स्थित शिव मन्दिर गुम्बा भू. पू. सैनिक चौतारा परिसरमा पालिकाभरिका सबै गुरुङ समाजहरुको प्रतिनिधिमुलक उपस्थितिमा भव्य  र सभ्यरुपमा कार्यक्रम सन्चालन गरि सम्पन्न गरेको थियो ।

272903637_1616751485338393_8392303216516994843_n.jpg

यही विश्वास,भरोसा अनि सबै वर्ग जाति र संघ संस्थाको सहयोग  सद्भावकासाथ पालिका भरिका गुरुङ समुदायको हक अधिकार सुनिश्चितता गुरुङ समुदायको संस्थागत एकता, प्राचीन कला संस्कृति धर्म भाषा भेषभूषाको जगेर्नाको लागि यो तमु ह्युल छोज धि गुरुङ  राष्ट्रिय परिषद आबुखैरेनीको गठन भएको कुरा कार्यक्रमका प्रमुख अतिथि तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद गण्डकी प्रदेश कोषाध्यक्ष मिलन तमुले बताए। 

तमुहरुको ल्होसारपछिको दोश्रो ठुलो पर्व माँ ङीँ औसीको अवसरमा आज भएको कार्यक्रमको सभापति काजीकुमार गुरुङ रहेका थिए भने आबुखैरेनी गाउपालिकाभित्रका विभिन्न गुरुङ समाजका प्रमुख एवं प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए। उक्त कार्यक्रमको सन्चालन तमु ल्होसार मुल समारोह समितिका निवर्तमान सचिव दिपक गुरुङले गरेका थिए।

images
प्रकाशित मिति :माघ १८, २०७८ मंगलवार - २१:५०:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology