Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

कोरोनाको तेस्रो भेरियन्ट प्रभावः बिहिबारदेखि मनकामना मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक

कोरोनाको तेस्रो भेरियन्ट प्रभावः बिहिबारदेखि मनकामना मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक

मन्दिर बन्द भएपनि केवलकार भने तत्काल बन्द नहुने

images
कोरोनाको तेस्रो भेरियन्ट प्रभावः बिहिबारदेखि मनकामना मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक
images

मनकामना, ४ माघ । कोरोना संक्रमणको तेस्रो भेरियन्टको प्रभाव बढेसँगै गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना माईको मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक लगाउने भएको छ। कोरोनाको जोखिम बढ्दै गएको भन्दै भिडभाड नियन्त्रण गर्न मंगलवार बसेको मनकामना क्षेत्र बिकास समितिको बैठकले यहि बिहिवारदेखि मन्दिर बन्द गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारबाट नित्यपुजा, ध्यान, प्रार्थना मात्रै गर्नु र अन्य पुजापाठका काम नगर्नु भन्ने परिपत्र आएकोले मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक लगाईएको मनकामना क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक लेबेन्द्र गुरुङले जानकारी दिए। उनका अनुसार मन्त्रिपरिषदको निर्णय लाई समितिले बैठक बसेर कार्यन्वयन गर्ने निर्णय गरेको हो। मन्दिर खोल्ने बन्द गर्ने निर्णय क्षेत्र बिकासले नभई नेपाल सरकारले गरेको उनले बताए ।

मनकामना मन्दिरमा दैनिक अहिले एक देखि दुई हजार सम्म भक्तजन जाने गर्छन । बिदाको दिन यो संख्या अझै बढी हुन्छ । अत्याधिक चाप हुने हुँदा मन्दिर भित्र पुजा गर्न रोक लगाइएको हो । माघ मसान्त सम्म मन्दिरमा नित्य पुजा मात्र गर्ने निर्णय क्षेत्र बिकास समितिले गरेको छ । मनकामना पुगेका भक्तजनले मन्दिर बाहिरबाट दर्शन गर्न भने पाउनेछन् ।

यसैबिच मनकामना सम्म जाने मनकामना दर्शन प्रालीले संचालन गरेको केबलकार भने बन्द नहुने भएको छ। मन्दिर बन्द भएपनि तत्कालका लागि केबलकार बन्द गर्ने कुनै योजना नभएको स्टेशन म्यानेजर उज्वल शेरचनले जानकारी दिए। उनका अनुसार मनकामनाका स्थानीयलाई आउजाउ गर्न, मन्दिर बाहिरबाट पुजापाठ गर्ने भक्तजनको सजिलोका लागि पनि केबलकार भने नियमित चल्नेछ ।

यद्यपी मन्दिर बन्द गर्ने निर्णयप्रति मनकामनाका स्थानीय व्यवसायीहरुले विरोध जनाउदै बजारक्षेत्र भने चलायमान राख्नुपर्ने बताउँदै आएका छन्।

images
प्रकाशित मिति :माघ ४, २०७८ मंगलवार - २०:३४:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology