Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पुनः नस्तुराम कंडेल निर्वाचित

आँबुखैरेनी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पुनः नस्तुराम कंडेल निर्वाचित

समितिको अन्य पदाधिकारीहरुमा भने मतदान हुने

images

इच्छाकामना न्युज

२५, पौष २०७८
आँबुखैरेनी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पुनः नस्तुराम कंडेल निर्वाचित
images

आँबुखैरेनी, २५ पुस । तनहुँको आँबुखैरेनीमा रहेको आँबुखैरेनी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको ११ औं अधिवेशन तथा २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समितिको साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको हो।

अधिवेशनले अध्यक्षमा पुनः नस्तुराम कंडेललाई सर्वसम्मत निर्वाचित गरेको छ भने महिला सदस्यमा गौरीमाया थापा पनि सर्वसम्मत निर्वाचित भएका छन् । समितिको अन्य पदमा भने आवश्यकता भन्दा बढिको उम्मेद्वारी परेको हुदाँ मतदान हुने भएको छ। 

271584727_2332565530231102_8887047810328917610_n.jpg

समितिको उपाध्यक्षमा शालीकराम अधिकारी र रघुपति के.सी., सचिवमा कमल नारायण श्रेष्ठ र कृष्ण कट्टेल, कोषाध्यक्षमा देवी माया देवकोटा र वासुदेव पुडासैनी, सदस्यहरुमा प्रताप वावु थापा, पर्शुराम श्रेष्ठ, विमल बाबू राना, गणेश कोईराला, गोविन्द मान श्रेष्ठ, मोहन कृष्ण के .सी. र गंगाराम कोईरालाको  उमेद्वारी परेको छ ।

निर्वाचन कमिटिको आज बस्ने बैठकले टुङ्गो लगाएपछि समितिको मतदान सुरु हुनेछ।

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - ०९:०५:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology