आँबुखैरेनी, १८ पुस । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ पुलजिपमा भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । तमू ल्होसार र अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा पलजीप युवा क्लवको आयोजनामा भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

क्लवका अध्यक्ष विजय गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गिर बहादुर थापा रहेका थिए ।

कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा ईच्छाकामना गाउँपालिकाका अध्यक्ष गिता कुमारी गुरुङ्ग, उपाध्यक्ष कृति कुमार श्रेष्ठ, आबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष पुस्पादेबि श्रेष्ठ, नेपाली कांग्रेस आँबुखैरेनीका सभापति बिष्णु बहादुर पन्त, आबुखैरेनी गाउँपालिकाका ४ का वडा अध्यक्ष नेत्र बहादुर गुरुङ्ग, रहेका थिए भने अतिथिहरुमा नेपाली काङ्ग्रेस तनहुँका नेतृ चिजा श्रेष्ठ, ईच्छाकामना ५ का वडा अध्यक्ष मोदराज सिलवाल, ईच्छाकामना गाउँपालिका प्रबक्ता साबित्रि गुरुङ्ग लगायत रहेका थिए।

यस्तै कार्यक्रममा कलाकारहरु पृथ्वी गुरुङ, चन्द्र परियार र गोविन्दबाबु रिजालले साँस्कृतिक प्रस्तुतिहरु दिएका थिए ।
