Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

‘आफू नेतृत्वमा नरहे सर्वस्व डुब्छ भन्ने कमल थापाको सोच मनोरोग हो’

‘आफू नेतृत्वमा नरहे सर्वस्व डुब्छ भन्ने कमल थापाको सोच मनोरोग हो’

images

न्युज कारखाना

१६, पौष २०७८
‘आफू नेतृत्वमा नरहे सर्वस्व डुब्छ भन्ने कमल थापाको सोच मनोरोग हो’
images

काठमाडौं, १६ पुस । राप्रपाको अध्यक्षबाट पराजित भएपछि कमल थापाले दिएको अभिव्यक्तिको पार्टीभित्रबाटै विरोध हुने क्रम बढेको छ । एक महिनाअघि भएको पार्टीको महाधिवेशनमा आफूले पेस गरेको राजनीतिक प्रतिवेदनमा राजसंस्था सहितको लोकतन्त्रको राजनीतिक लाइन अवलम्बन गरिने उल्लेख गरेका थापाले अध्यक्षमा पराजित भएपछि यसविपरीत अभिव्यक्ति दिन थालेपछि उनको विरोध भएको हो । 

उनी पार्टी अध्यक्ष रहँदा पार्टीको प्रचार विभागको सदस्य सचिव रहेका सुजित केसीले राप्रपाको आधिकारिक लाइनविपरीत अभिव्यक्ति दिनेहरूमाथि छानबिन गरेर कारबाही गरिनुपर्ने बताउँछन् । 

‘राप्रपाको जिम्मेवार सदस्य भएर राजा वा राजसंस्थाबारे भ्रम फैलाउने, घृणा पैदा गर्ने, कार्यकर्ता/शुभेच्छुक/शुभचिन्तकलाई विभाजित गर्ने कार्य दुःखद् छ । यस्ता कार्य तत्काल रोकिनुपर्छ,’ उनी न्युज कारखानासँग भन्छन्, ‘महाधिवेशनको बन्द सत्रमा आफैंले राजनीतिक कार्यपत्र पेस गर्ने, राजसंस्थासहितको लोकतन्त्रको राजनीतिक लाइन सर्वसम्मतिले पास गर्ने र महाधिवेशनको परिणाम आएको एक घण्टा भित्र राजनीतिक लाइनविपरीतको अभिव्यक्ति दिने मात्रै होइन त्यसलाई निरन्तर उठाइरहने प्रवृत्ति अप्रजातान्त्रिक, अमर्यादित, व्यक्तिवादी र आफू नरहे सर्वस्व डुब्छ भन्ने मनोरोग हो ।’ 

पार्टीको आधिकारिक लाइनविपरीत अभिव्यक्ति दिने कार्य तत्काल रोक्नुपर्ने उनको जोड छ । 

अघिल्लो महिना भएको राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएका थापाले राजसंस्थाविपरीत अभिव्यक्ति दिँदै आएका छन् । महाधिवेशनपछि उनी पार्टी कार्यालयसमेत गएका छैनन् । 

images
प्रकाशित मिति :पौष १६, २०७८ शुक्रवार - १४:५८:३४ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology