Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

राप्रपा र विवेकशील साझापार्टी बीच एकता गर्ने बारे छलफल सुरु, लिङ्देनले मिश्रको घरमै पुगेर राखे प्रस्ताव

राप्रपा र विवेकशील साझापार्टी बीच एकता गर्ने बारे छलफल सुरु, लिङ्देनले मिश्रको घरमै पुगेर राखे प्रस्ताव

images

इच्छाकामना न्युज

१६, पौष २०७८
राप्रपा र विवेकशील साझापार्टी बीच एकता गर्ने बारे छलफल सुरु, लिङ्देनले मिश्रको घरमै पुगेर राखे प्रस्ताव
images

काठमाडौं १६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझाबीच पार्टी एकताको सम्भावनाबारे छलफल भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमशेर राणाले साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई उनकै निवासमा भेटेर पार्टी एकताको प्रस्ताव राखेका हुन् ।

राप्रपाका केन्द्रीय सदस्य मोहन श्रेष्ठले दुवै पार्टीका नेताको चाहनामा आज भेटवार्ता भएको जानकारी दिए । ‘वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि राप्रपा नेपालले विचार मिल्ने शक्तिसँग संवाद, सहकार्य गर्ने नीति लिएको छ । सोही अनुरूप विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रसँग छलफल भएको हो’, श्रेष्ठले भने ।

भेटमा बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि पार्टी एकता गरेर जाने सक्ने सम्भावनाका बारेमा प्रारम्भिक कुराकानी भएको श्रेष्ठले जानकारी दिए । दुई पार्टीका नेताहरूको भेटको तस्वीर फेसबुकमा राख्दै विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दुई पार्टीका बीचमा आशाजनक संवाद भएको उल्लेख गरेका छन् ।

 

 

images
प्रकाशित मिति :पौष १६, २०७८ शुक्रवार - १४:४५:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology