Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

निर्माण सम्पन्न भएको झण्डै ४ महिना पछि बल्ल फिस्लिङ–भुम्लिचोक मोटरेबल पुल संचालनमा, बर्षौदेखिको स्थानीयको सपना साकार

निर्माण सम्पन्न भएको झण्डै ४ महिना पछि बल्ल फिस्लिङ–भुम्लिचोक मोटरेबल पुल संचालनमा, बर्षौदेखिको स्थानीयको सपना साकार

प्रती क्रेट २५ रुपैयाँको दरले लाग्ने भरिया खर्च पनि कटौती

निर्माण सम्पन्न भएको झण्डै ४ महिना पछि बल्ल फिस्लिङ–भुम्लिचोक मोटरेबल पुल संचालनमा, बर्षौदेखिको स्थानीयको सपना साकार
images

फिस्लिङ,९पुस । गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने मोटरबेल पुल सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भएको चार महिनापछि आजबाट सञ्चालनमा आएको हो ।

images
images

पुल निर्माण सम्पन्न भएपनि पुल सम्म जोड्ने गोररखा तर्फको सडक निर्माण नहुदाँ सञ्चालनमा आउन सकेको थिएन। निर्माण कम्पनीले नै पुलसम्म जोड्ने सडकको ट्रयाक खन्नुपर्नेमा पुल मात्र निर्माण गरि छोडिदिएका थिए । गत पुस ७ गते वडा अध्यक्ष जीवन गुरुङको सक्रियतामा दशै अघि देखि रोकिएको पुलको बाँकी रहेको पुल सङ जोड्ने मुख्य ट्रयाक खन्ने काम आज सम्पन्न भएपछि पुल पनि सञ्चालन गरिएको हो । काम सुरु भएको २ दिनमै फिस्लिङ –भुम्लिचोक मोटरेबल पुलमा सवारी साधन पहिलो पटक चल्न सुरु भएको छ ।

बर्षौँदेखीको स्थानिय बासीको सपना आज साकार भएको छ  । पुलबाट सवारी साधन पहिलो पटक नदी पारी फिस्लिङ बजार सम्म लैजान पाउँदा निकै खुशी महसुस गरेको बिगत लामो समय देखि तरकारी ढुवानी तथा यात्रुहरु ओसार्दै आएका बिजौरे निवासी गाडी सञ्चालक नारायण गुरुङले बताउनु भयो । गाउँबाट पुल वारी सम्मको ढुवानी खर्च र झोलुङ्गे पुलबाट पुन भरियाको सहयोगमा प्रती क्रेट २५ रुपैयाँको दरले लाग्ने भरिया खर्च पनि अब कटौती हुनेमा खुशी ब्यक्त गर्नुभयो ।

त्यसै गरि लामो समय देखि ट्याक्टर चलाउदै आउनुभएका देबिस्थान निवासी रेशम थापाले पनि फिस्लिङ स्थित तरकारी बजारसम्मै ट्रयाक्टरमार्फत तरकारी पु¥याउन पाउँदा खुशी हुँदै २ दिन मै हुने कामलाई यतिका महिना सम्म रोकेर राख्दा स्थानियले दुख पाएको बताउनुभयो । ट्रयाक्टरको टायर ठुला हुने भएकोले झोलुङ्गे पुल हुँदै टायर पसल सम्म पु¥याउन पर्दाको दुखको अनुभव उहाँले सम्झाउनु भयो । यहि पौष भित्र ग्राभेलको काम सक्ने गरि अहिले काम भइरहेको पुल निर्माण कम्पनिले जनाएको छ

images
प्रकाशित मिति :पौष ९, २०७८ शुक्रवार - २०:०२:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology