Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

वडाध्यक्ष जिवन गुरुङको चर्को दबाब पछि बल्ल फिस्लिङ–भुम्लिचोक जोड्ने पुलको बाँकी कच्ची सडकको निर्माण सुरु

वडाध्यक्ष जिवन गुरुङको चर्को दबाब पछि बल्ल फिस्लिङ–भुम्लिचोक जोड्ने पुलको बाँकी कच्ची सडकको निर्माण सुरु

वडाध्यक्ष जिवन गुरुङको चर्को दबाब पछि बल्ल फिस्लिङ–भुम्लिचोक जोड्ने पुलको बाँकी कच्ची सडकको निर्माण सुरु
images

गोरखा, ८ पुस । लामो समय देखी रोकिएको फिस्लिङ –भुम्लिचोक जोड्ने मोटरेबल पुलको पुलसङ्ग जोड्न बाँकी रहेको कच्ची ट्रयाकको काम पुन सुचारु भएको छ । गोरखाको गण्डकी गाउँपालिका वडा न ६ को वडा अध्यक्ष जीवन गुरुङ र पुल निर्माण पक्षको प्रतिनिधिको उपस्तिथिमा लामो समयदेखि रोकिएको गोरखा पट्टिको पुलका ट्रयाक खन्ने बाँकी काम बुधबारबाट सुरु भएको हो ।

images
images

निर्माण कम्पनीले गएको दशैँ अघिबाट पुल सञ्चालनमा ल्याइने बताएका थिए। तर पुल निर्माण कम्पनीले नै पुलसंग जोडिने ट्रयाक खन्ने सम्झौता भएपनि पुल मात्र निर्माण गरेर काम रोकेका थिए । निर्माण कम्पनीले सम्झौता बमोजिम उक्त ट्रयाक पनि पुल निर्माण कम्प्नीले गर्नुपर्ने थियो । तर कम्पनीले काम रोकेपछि वडाध्यक्ष जीवन गुरुङले सुचारु गर्न पटक पटक दबाब दिदैँ आएका थिए । काम समयमै सम्पन्न गर्न आग्रह गर्दा विभिन्न बहाना बनाई ढिलासुस्ती गर्दै आएको वडाध्यक्ष गुरुङले बताए ।

गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना र वडा अध्यक्ष जीवन गुरुङले पटक पटक काम समयमै सम्पन्न गर्न आग्रह गरेता पनि ठेकेदार पक्षले विभिन्न बहाना गर्दै आएका थिए

उक्त ट्रयाक खन्ने काम सम्पन्न भएसगैँ पुल पनि सञ्चालन मा आउने र यातायात सञ्चालन गरिने वडाध्यक्ष गुरुङले बताए ।
पुल सञ्चालनमा आएपछि करिब एक घण्टा ३० मिनेटको पालिका सम्मको यात्रा ४५ मिनेटमा छोटिने छ । पुल सञ्चालन नहुदाँ  स्थानीयको उत्पादित कृषिजन्य सामाग्रीहरु झोलुङ्गेपुलबाट थप भरियाको सहयोगमा चितवनको इच्छाकामना ३ स्थित फिस्लिङ्ग बजार सम्म ल्याउनुपर्ने बाध्यता छ ।

images
प्रकाशित मिति :पौष ८, २०७८ बिहिवार - ०८:५६:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology