Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपालमा लकडाउन शुरु भएयता कात्तिकमा सर्वाधिक सङ्ख्यामा पर्यटक भित्रिए

नेपालमा लकडाउन शुरु भएयता कात्तिकमा सर्वाधिक सङ्ख्यामा पर्यटक भित्रिए

इच्छाकामना न्युज

४, मंसिर २०७७
नेपालमा लकडाउन शुरु भएयता कात्तिकमा सर्वाधिक सङ्ख्यामा पर्यटक भित्रिए
images

काठमाण्डौ, ४ मंसिर । नेपालमा लकडाउन शुरु भएयता कात्तिकमा सर्वाधिक संख्यामा पर्यटक भित्रिएका छन्। अध्यागमन विभागका अनुसार कात्तिक महिनामा मात्र २ हजार ९ जना विदेशी नागरिक नेपाल आएका हुन्।
नेपालमा हवाई मार्गबाट भित्रिएका जुनसुकै प्रयोजनमा भित्रिएका विदेशी नागरिक समेत पर्यटक गनिन्छन्। एक महिनामा एक हजार तीन सय ७० जना पुरुष र ६ सय ३९ जना महिला पर्यटक नेपाल आएका छन्। सरकारले १७ अक्टोवरबाट पर्यटकलाई घुमफिरमा आउन खुला गरेको थियो।
त्यसअगाडी नै पर्वतारोहण र पदयात्रामा आउने पर्यटकलाई संस्थागत रुपमा सिफारिस लिई नेपाल आउने ढोका खुलेको थियो। यसले क्रमशः पर्यटक आगमन बढ्दै गएको छ। एक महिनामा अमेरिकाबाट मात्र चार सय ५५ र बेलायतबाट ती सय २६ जना नेपाल आएका छन्। चीनबाट एक सय ६१, भारतबाट एक सय २५, टर्कीबाट ८२ र रुसबाट ८१ जना पर्यटक नेपाल आएको तथ्याङ्क छ। एक महिनाको अवधिमा नेपालबाट विदेश फर्कने विदेशी नागरिकको सङ्ख्या भने एक हजार ८ सय ७२ जना रहेको छ। 

images
images

images
प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - १८:२३:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology