Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रधानमन्त्री जोनसन भन्छन्– बेलायत ओमिक्राेनविरुद्धको आपतकालिन युद्धमा छ

प्रधानमन्त्री जोनसन भन्छन्– बेलायत ओमिक्राेनविरुद्धको आपतकालिन युद्धमा छ

एजेन्सी

२७, मंसिर २०७८
प्रधानमन्त्री जोनसन भन्छन्– बेलायत ओमिक्राेनविरुद्धको आपतकालिन युद्धमा छ
images

बेलायतमा ओमिक्रोनको छाल तीव्र रुपमा बढेको भन्दै सबैलाई सजग रहन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् ।  ‘हामी नयाँ भेरियन्टविरुद्धको आपतकालिन युद्धमा छौं । यसबारे सबै सजग हुनु आवश्यक छ ।,’ उनले भने । 

images
images

ओमिक्रोनको नयाँ भेरियन्ट देखिएपछि कोभिडको सचेतना चौथो तहमा पु¥याइएका बेला प्रधानमन्त्रीको भनाई सार्वजनिक भएको हो । चौथो तहको अर्थ संक्रमणको दर उच्च भन्ने हुन्छ । पछिल्लो पटक मे महिनामा चौथो तह घोषणा गरिएको थियो । 

कोभिडबाट जोगिनका लागि दुई डोज खोप पर्याप्त नभएको भन्दै उनले बुस्टर डोज लगाउन आह्वान गरेका छन् । 

बेलायतले अर्को सातादेखि १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिने भएको छ । पछिल्लो समयमा बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार नाघेको छ । विज्ञहरुले आगामी पाँच महिनाभित्र बेलायतमा ७५ हजारको मृत्यु हुने चेतावनी दिँदै आएका छन् ।

images
प्रकाशित मिति :मंसिर २७, २०७८ सोमवार - ०९:००:०० बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology