Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँ आँबुखैरेनीका गुरुङ समुदायले सामूहिक रुपमा एकै ठाउँमा तमू ल्होसार मनाउने

तनहुँ आँबुखैरेनीका गुरुङ समुदायले सामूहिक रुपमा एकै ठाउँमा तमू ल्होसार मनाउने

इच्छाकामना न्युज

२०, मंसिर २०७८
तनहुँ आँबुखैरेनीका गुरुङ समुदायले सामूहिक रुपमा एकै ठाउँमा तमू ल्होसार मनाउने
images

आँबुखैरेनी, २० मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिकाका गुरुङ समुदायले सामूहिक रुपमा एकै ठाउँमा तमू ल्होसार मनाउने भएको छ। आँबुखैरेनीमा रहेका विभिन्न गुरुङ समाज एवं संघसंस्था प्रमुखहरुको आज बसेको संयुक्त बैठकले सामूहिक रुपमा एकै ठाउँमा भेला भै यसवर्षको तमू ल्होसार मनाउने निर्णय गरेको हो। 

images
images

यो निर्णयसँगै यसअघि गुरुङ समाज अनुसार छुट्टाछुट्टै रुपमा मनाउदै आएको तमू ल्होसार यसवर्ष भने सबै एकै ठाउँ भेला भै सामूहिक रुपमा मनाउने माई छिम्केश्वरी तमू समाज आँबुखैरेनीका अध्यक्ष पृथ्वी बहादुर गुरुङले जानकारी दिए। उनका अनुसार संयुक्त बैठकले आँबुखैरेनी गाउँपालिका ३ मा रहेको गुम्बा र शिवालय मन्दिर परिसरमा मनाउने निर्णय गरेको छ।

बैठकमा माई छिम्केश्वरी तमू समाज आँबुखैरेनी, आँबुखैरेनी तमू समाज आँबुखैरेनी, तमू प्ये ल्हु संघ ढकालकार इकाई, तमू प्ये ल्हु संघ बरादी इकाई, तमू प्ये ल्हु संघ तिलबारी इकाई, गाउँबेसी तमू समाज, सत्रसय तमू समाज, गिरानचौर तमू समाजको उपस्थिति रहेको थियो।

साथै बैठकमा आँबुखैरेनी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष नेत्र बहादुर गुरुङ र वडा नं. ६ का वडाध्यक्ष सुन बहादुर गुरुङको पनि विशेष उपस्थिति रहेको थियो। 

images
प्रकाशित मिति :मंसिर २०, २०७८ सोमवार - २१:५६:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology