आँबुखैरेनी, १५ मंसीर । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ६ को वडा कार्यालय भवनको शिलान्यास भएको छ। आज हिलेखर्कमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले वडा कार्यालय भवनको शिलान्यास गरेको हो।

वडा कार्यालय भवनको शिलान्यास गर्दै अब आँबुखैरेनी गाउँपालिकाका सबै वडाहरुले नयाँ कार्यालय भवन पाउने कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले बताए।

यस्तै सभाहल सहित दुई तलाको बन्ने वडा कार्यालय भवनको लागत भ्याट सहित ७३ लाख ५४ हजार १ सय उनन्साठी रुपैयाँ ३३ पैसाँ रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए।

अधिकृत पोखरेलका अनुसार भवन निर्माणको काम मनोकामना गुरुङ निर्माण सेवा आँबुखैरेनीले जिम्मेवारी पाएको छ भने कम्पनीले २०७९ असार १५ गतेसम्ममा भवन निर्माण गरिसक्नेपर्नेछ।