Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आयुस्मानको पहिलो कोसेली  'पोखरेली नानी' सार्वजनिक ( भिडियो ) 

आयुस्मानको पहिलो कोसेली  'पोखरेली नानी' सार्वजनिक ( भिडियो ) 

इच्छाकामना न्युज

१०, मंसिर २०७८
आयुस्मानको पहिलो कोसेली  'पोखरेली नानी' सार्वजनिक ( भिडियो ) 
images
काठमाडौँ । वरिष्ठ गायक स्वर्गीय जगत मर्दन थापाका नाति गायक आयुस्मान बिस्टको स्वरमा रहेको रोमाण्टिक भर्सनको 'पोखरेली नानी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

वरिष्ठ संगीतकार वसन्त सापकोटाले  यस गीतलाई संगीतवद्द गरेका हुन्।  गीतमा कुशल कुमार खनालको शब्द रहेको छ भने संजीव बराइलीको संगीत संयोजन रहेको छ।  

गीतको भिडियोमा युवा-युवतीबीचको प्रेम र आकर्षणको कथा भनिएको छ । भिडियोमा कुन्साङ बोम्जन, बिना राउत, दिक्षा रिसाल र स्वयम् गायक आयुस्मान बिस्ट फिचर्ड छन्।  सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्।  विकाश दाहालको भिडियोमा सम्पादन रहेको छ।  

पुष्पान्जली थापा बिस्ट निर्मात्री रहेको भिडियोलाई अनुप चापागाईको निर्देशनमा तयार पारिएको हो। ओएसआर डिजिटल मार्फत सार्वजनिक भिडियोलाई  दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।  


भिडियो लिंक:

images
प्रकाशित मिति :मंसिर १०, २०७८ शुक्रवार - ०९:२७:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology