Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेको महाधिवेशनमा सहभागी हुन इच्छाकामनाबाट ३ र आँबुखैरेनीबाट १ हजार भन्दा बढि सहभागी जाने

एमालेको महाधिवेशनमा सहभागी हुन इच्छाकामनाबाट ३ र आँबुखैरेनीबाट १ हजार भन्दा बढि सहभागी जाने

महाधिवेशनको समुद्घाटन समारोहमा जानेहरुको लागि ४० भन्दा बढि बसको व्यवस्था

इच्छाकामना न्युज

९, मंसिर २०७८
एमालेको महाधिवेशनमा सहभागी हुन इच्छाकामनाबाट ३ र आँबुखैरेनीबाट १ हजार भन्दा बढि सहभागी जाने
images

मुग्लिन, ९ मंसिर । भोली मंसिर १० गतेदेखि चितवनको नारायणी नदी किनारमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन इच्छाकामना र आँबुखैरेनी गाउँपालिकाबाट पनि हजारौ जना भरपुर जाने भएको छ। स्थानीय कमिटिले दिएको जानकारी अनुसार दुई गाउँपालिकाबाट गरेर कम्तिमा पनि ४ हजार जना सहभागी गरीने भएको छ। 

images
images

इच्छाकामना गाउँपालिकाको ७ वटै वडाबाट कम्तिमा पनि ३ हजार महाधिवेशनमा सहभागी हुने नेकपा एमाले इच्छाकामनाका अध्यक्ष कृष्ण सिलवालले जानकारी दिए। उनका अनुसार सहभागीहरुलाई ल्याउन लैजाने पार्टीले इच्छाकामनाका लागि ३२ वटा बस रिजर्भ गरिएको र झण्डै १ दर्जन भन्दा बढि निजि सवारीसाधनबाट समेत सयौ जना महाधिवेशनमा जाने तयारी भैरहेको छ।

यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिकाबाट पनि १ हजार जना भन्दा बढि सहभागी महाधिवेशनमा जाने तयारी भएको नेकपा एमाले आँबुखैरेनीका अध्यक्ष मीना अधिकारीले जानकारी दिए। आँबुखैरेनीबाट सहभागी लैजानका लागि १० वटा गाडी रिजर्भ गरिएको छ भने दर्जनौ निजि सवारीसाधनबाट समेत सहभागी जाने उनले बताए। 

images
प्रकाशित मिति :मंसिर ९, २०७८ बिहिवार - २१:०२:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology