Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

कृष्ण मार्ग पंचमीको दिन भोली चितवनको इच्छाकामना र गोरखाको शहिद लखन गाउँपालिकाले दियो सार्वजनिक विदा

कृष्ण मार्ग पंचमीको दिन भोली चितवनको इच्छाकामना र गोरखाको शहिद लखन गाउँपालिकाले दियो सार्वजनिक विदा

images

इच्छाकामना न्युज

७, मंसिर २०७८
कृष्ण मार्ग पंचमीको दिन भोली चितवनको इच्छाकामना र गोरखाको शहिद लखन गाउँपालिकाले दियो सार्वजनिक विदा
images

मुग्लिन, ७ मंसिर । चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको शहिद लखन गाउँपालिकामा भोली सार्वजनिक विदा हुने भएको छ। दुवै गाउँपालिकाले आज एक सूचना जारी गर्दै कृष्ण मार्ग पंचमीको दिन भोली सार्वजनिक विदा निर्णय गरेको हो।

bida.jpg

हेरक वर्ष झै यसवर्ष पनि गाउँपालिकाले गुठी पंचमीको अवसर पारेर सार्वजनिक विदा दिएको शहिद लखन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन बहादुर आले मगरले बताए। गुठी पंचमीको दिन शहिद लखन गाउँपालिका २ मा पर्ने प्रसिद्ध देवीको मन्दिर मनकामनामा विशेष पूजा अर्चना र मेला लाग्ने गरेको छ।

यस्तै चितवनको इच्छाकामना गाउँपालिकाले पनि हरेक वर्ष झै यसवर्ष पनि कुष्णमार्ग पंचमीको दिन सार्वजनिक विदा दिएको छ। पंचमीको दिन स्थानीय इच्छाकामना माईको मन्दिरमा भव्य मेला लाग्ने भएकोले स्थानीय संस्कृतिलाई प्रोत्साहन र संरक्षणका लागि भन्दै गाउँपालिकाले हरेक वर्ष सो दिन सार्वजनिक विदा दिने गरेको छ। 

images
प्रकाशित मिति :मंसिर ७, २०७८ मंगलवार - १९:०१:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology