आँबुखैरेनी, ७ मंसिर । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत भैइरहेको क्षेत्रिय निर्वाचनमा आँबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन्। उनी सोमबार सम्पन्न नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. १ को निर्वाचनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्।
निर्वाचनमा खुल्ला महिलातर्फ उम्मेद्वार रहेकी लामाले ४१९ मत प्राप्त गरेकी थिइन्।