Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखा फुजेलका एक किसानः जो राजनिति गरेको ऋण तिर्न ११७ रोपनी जग्गामा अकबरे खुर्सानीको खेती गर्दै

गोरखा फुजेलका एक किसानः जो राजनिति गरेको ऋण तिर्न ११७ रोपनी जग्गामा अकबरे खुर्सानीको खेती गर्दै

images

इच्छाकामना न्युज

२, मंसिर २०७८
गोरखा फुजेलका एक किसानः जो राजनिति गरेको ऋण तिर्न ११७ रोपनी जग्गामा अकबरे खुर्सानीको खेती गर्दै
images

दीपक श्रेष्ठ, गोरखा,२ मङ्सिर (रासस) : दिनहुँ जसो राजनीतिक कर्ममा समय बिताउने गर्नुभएको गोरखाको गण्डकी गाउँपालिका–४, फुजेलका जीतबहादुर भट्टको दैनिक आजकाल फेरिएको छ । सधै बिहान उठ्ने बित्तिकै गाउँमा सभा सम्मेलन, बैठक र भेलामा दौडिने गर्नुभएका भट्ट आजभोली ति सवै काम छोडेर घर नजिकै सुरु गर्नु भएको अकबरे खुर्सानीको खेती गरेको ठाउँमा पुग्नुहुन्छ । अलिअलि कमाएको पैसा पनि राजनीति गर्दा गर्दै सकिएपछि ऋण डुवेका भट्टले अहिले गाउँमै करिब एक सय १७ रोपनी क्षेत्रफल जमिन भाडामा लिएर अकबरे खुर्सानीको व्यवसायिक खेती सुरु गर्नुभएको हो ।

उहाँले सुरु गर्नुभएको अकबरे खुर्सानीको खेती प्रदेश भित्र नीजि स्तरमा ठूलो क्षेत्रफलमा गरिएको अहिलेसम्मकै ठूलो अकबरे खुर्सानीको व्यवसायिक खेती हो । ‘व्यापार र राजनीतिले जिवनको सबै कमाई गुमाएपछि म आफ्नै गाउँ फर्किएर व्यवसायिक कृषि पेशा सुरु गरेको छु, उहाँले भन्नुभयो, अब राजनीति भन्दा कृषि पेशामा नै बढी आनन्द आउन थालेको छ ।’

उहाँले अकबरे खेती सुरु गरेसंगै प्रदेश स्तरमा तालिम लिने अबसर पाउनु भयो । तालिममा सहभागी क्रममा प्रदेशमा अहिलेसम्म त्यति ठूलो स्तरमा नीजि क्षेत्रबाट अकबरे खुर्सानीको व्यवसायिक खेती अन्यत्र नभएको जानकारी समेत पाएपछि आफुमा झनै उत्साह बढेको उहाँको भनाई छ । किसान भट्टले व्यवसायिक रुपमा खेती सुरु गर्नका लागी आफ्नो संगै सहित छिमेकीको जमिन भाडामा लिनुभएको छ । राजनीतिमा समेत लागेर लामो समयसम्म काम गर्नुभएका भट्टले राजनीतिले खान नदिने भएकाले अहिले कृषिकर्ममा जोडिएको बताउनुभयो ।

‘गोरखा र काठमाण्डौमा समेत व्यापार थियो, तर राजनितिले सबै सकियो, उहाँले भन्नुभयो, ‘केही उपाय नभएपछि अहिले फेरि गाउँ फर्किए र कृषि पेशा सुरु गरेँ ।’ उक्त जमिनमा करिब ७५ हजार बेर्ना लगाएकोमा करिब ४६ हजार बोटमा उत्पादन सुरु भएको किसान भट्टले बताउनुभयो । ‘सारेका मध्ये २९ हजार बेर्ना सरेन, किसान भट्टले भन्नुभयो, सरेका बोटहरुबाट अहिले राम्रो उत्पादन हुन थालेको छ ।’ भाडामा लिएको जमिन मध्ये खुर्सानी नसरेको ठाउँमा अदुवा र बेसार खेती गरेको उहाँको भनाई छ ।

एक पटक हुर्किएको खुर्सानीको बोटबाट ३ बर्षसम्म राम्रो आम्दानी लिन सक्ने किसान भट्टले जानकारी दिनुभयो । अकबरे खुर्सानी फल्न थालेपछि बारी लटरम्म फल्न थालेको उहाँले बताउनुभयो । ‘बारीमा पस्दा राता हरिया खुर्सानी लटरम्म फलेको देख्दा मनपनि आनन्द हुन्छ, किसान भट्टले भन्नुभयो, ‘खुर्सानी बेचेर आम्दानी समेत राम्रो हुन थालेको छ । ’

भट्टले आफ्नो बारीमा उत्पादन भएको खुर्सार्नी चितवनको मुग्लिनमा रहेको थ्रि सिस्टर अचार कम्पनीले खरिद गर्न थालेको छ । प्रतिकेजी २ सय ५० रुपैयादेखि २ सय ७५ रुपैयासम्ममा खुर्सानी बिक्री हुन्छ, उहाँले भन्नुभयो, बजार भाउ पनि राम्रो भएकाले आम्दानी पनि राम्रो हुदै गएको छ ।’ व्यवसायिक खेती सुरु गरेसंगै अकबरे खुर्सानी बेचेर बार्षिक ५० लाख रुपैयासम्म आम्दानी गर्ने आफ्नो लक्ष्य रहेको किसान भट्टले बताउनुभयो ।

यो बर्ष भने जेठ महिनाको अन्त्यदेखि अत्याधिक पानी परेकाले खुर्सानी उत्पादन राम्रो नभएको उहाँको भनाई छ । ‘जेठको अन्तिम सातादेखि ठूलो बर्षा नभएको भए यो बर्ष नै राम्रो आम्दानी हुन्थ्यो, किसान भट्टले भन्नुभयो,‘अर्को बर्ष आफूले लक्ष्य लिएको जति आम्दानी गर्न सक्छु भन्ने लागेको छ ।’ उहाँले मकवानपुरको पालुङ र हेटौडा तथा इलामबाट बिउ मगाएर आफैले नर्सरी मार्फत बेर्ना उत्पादन गर्नु भएको हो ।

‘खुर्सानीको व्यवसायिक खेती सुरु गरेपछि मैले मात्र आम्दानी गरेको छैन, उहाँले भन्नुभयो, स्थानीय गाउँहरुले समेत रोजगारी पाएका छन् ।’ अहिले बारीमा स्थानीयबासी ७ देखि १० जनाले रोजगारी पनि पाएका छन् । ‘सिजनका बेला १० जनासम्मले काम पाउछन्, उहाँले भन्नुभयो, बारीमा गोडमेल गर्न, खुर्सानी टिप्न कामदार आबश्यक पर्छ ।’ भट्टले बर्षौ देखी निष्कृय रहेको गाउँकै कालिका कृषक समूह नामको फर्मलाई नविकरण गरेर व्यवसायिक कृषि पेशा सुरु गरेको बताउनुभयो ।

images
प्रकाशित मिति :मंसिर २, २०७८ बिहिवार - ०८:१९:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology