Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

नवलपरासीमा ३४ वर्षपछि जिउ मास्ने, बेच्ने मुद्दाका फरार अभियुक्त पक्राउ

नवलपरासीमा ३४ वर्षपछि जिउ मास्ने, बेच्ने मुद्दाका फरार अभियुक्त पक्राउ

रासस

३०, कार्तिक २०७७
नवलपरासीमा ३४ वर्षपछि जिउ मास्ने, बेच्ने मुद्दाका फरार अभियुक्त पक्राउ
images

परासी, ३० कात्तिक । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा ३४ वर्षदेखि फरार एक अभियुक्त पक्राउ परेका छन् । जिउ मास्ने बेच्ने मुद्दाका फरार अभियुक्त साविक रामनगर गाविस–१ (हाल सुनवल नगरपालिका–१२ भूमही) का ७६ वर्षीय पदमदत्त सापकोटालाई नवलपरासी प्रहरीले पक्राउ गरेको हो ।

images
images

तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजनले विसं २०४३ असार ८ गते सापकोटालाई जिउ मास्ने बेच्ने मुद्दाअन्तर्गत १० वर्षको सजाय फैसला गरेपछि फरार रहेका सापकोटालाई ३४ वर्षपछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय परासीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले राससलाई जानकारी दिनुभयो ।

पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशअनुसार तोकिएको १० वर्ष सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७७ आइतवार - ०९:३८:१४ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology