Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हालसम्म  देशभर १६ लाख पीसीआर नमुना परीक्षण

हालसम्म  देशभर १६ लाख पीसीआर नमुना परीक्षण

इच्छाकामना न्युज

३०, कार्तिक २०७७
हालसम्म  देशभर १६ लाख पीसीआर नमुना परीक्षण
images

काठमाण्डौ, ३० कार्तिक । नेपालमा हालसम्म १६ लाख भन्दा बढी नागरिको पीसीआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर गरी १६ लाख २ हजार ६ सय ३ पीसीआर परिक्षण भएको हो । 
ती मध्ये कोरोना सङ्क्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४६ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार ९ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो  । २४ घन्टामा काठमाडौं उपत्यकामा थप ८ सय ३५ जनामा कोरोना पुष्टि भएको छ । 
यस्तै २४ घण्टामा २ हजार ५ सय ३ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार यो सँगै कोरोना निको हुनेको संख्या १ लाख ७० हजार ६ सय ३२ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ३६ हजार ४ सय ५२ पुगेको छ । २४ घण्टामा १३ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १ हजार २ सय १५ पुगेको छ । १ हजार ५७  जना भने क्वारेन्टाइनमा छन् । 

images
images

images
प्रकाशित मिति :कार्तिक ३०, २०७७ आइतवार - ०९:२५:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology