मुग्लिन, २३ कार्तिक । चितवनको ईच्छाकामना गाउँपालिका अन्तर्गतको साबिकको दारेचोक गाउँ विकास समितिका पुर्व अध्यक्ष विष्णु लामाको निधनमा गाउँपालिकाले शोक व्यक्त गरेको छ। पूर्वअध्यक्ष लामाको निधन प्रति गाउँपालिकाले आज बिहान एक शोक व्यक्तव्य जारी गर्दै शोक व्यक्त गरेको हो।
यसैबिच पूर्वअध्यक्षको निधन प्रति शोक व्यत्तः गर्दै गाउँपालिका र मातहतका सम्पुर्ण कार्यालय आज एक दिन बन्द गरेको छ। ईच्छाकामना गाउँपालिकाले शोक वक्तव्य जारी गर्दै गाउँपालिकाको विकासमा अत्यन्त क्रियाशील लामाको निधनले गाउँपालिकालाई अपुरणीय क्षति भएको जनाउँदै उहाँको योगदानको उच्च कदर गर्ने जनाएको छ।
नेपाली कांग्रेसको तर्फबाट २०५४ सालको स्थानीय निर्वाचनमा साविकको दारेचोक गाविसमा अध्यक्ष पदमा विजय हुनु भएका सरल स्वभावका स्वर्गीय लामा गाविसमा अत्यन्त लोकप्रिय विकासप्रेमी नेताको रुपमा परिचित थिए।