Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना न्युजका सम्पादक देवराज गुरुङद्वारा स्वर्गीय हजुरवुवाको नाममा ५० हजार राशीको अक्षयकोष स्थापना

इच्छाकामना न्युजका सम्पादक देवराज गुरुङद्वारा स्वर्गीय हजुरवुवाको नाममा ५० हजार राशीको अक्षयकोष स्थापना

भुम्लिचोकको तोमनडाडाँ आधारभुत विद्यालयलाई अक्षयकोष स्थापनाको लागि रकम हस्तान्तरण 

इच्छाकामना न्युज

२३, कार्तिक २०७८
इच्छाकामना न्युजका सम्पादक देवराज गुरुङद्वारा स्वर्गीय हजुरवुवाको नाममा ५० हजार राशीको अक्षयकोष स्थापना
images

भुम्लिचोक, २३ कार्तिक । इच्छाकामना न्युज डटकमका सम्पादक देवराज गुरुङले आफ्नो हजुरवुवा स्वर्गीय सोम बहादुर गुरुङको स्मृतिमा गाउँकै विद्यालयमा अक्षयकोषको स्थापना गरेको छ। गुरुङले निम्नवर्गका जेहेन्दार विद्यार्थीको शिक्षादीक्षामा सहयोग पु¥याउने हेतुले गाउँकै श्री तोमनडाडाँ आधारभुत विद्यालय गण्डकी गाउँपालिका ६ भुम्लिचोकमा ५० हजार राशीको अक्षयकोषको स्थापना गरेको हो।

images
images

उनले आज विद्यालयमै आयोजित एक कार्यक्रममा गण्डकी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष जीवन गुरुङको रोहवरमा प्रध्यानाध्यापक कुल बहादुर चेपाङ र संस्थापक अध्यक्ष चन्द्र बहादुर गुरुङलाई अक्षयकोष स्थापनाको लागि ५० हजार रकमको चेक हस्तान्तरण गरे। 

IMG_9501.jpg

रकम हस्तान्तरण पश्चात सम्बोन्धन गर्दै मानिसको जीवनमा परिवर्तन र प्रगतीको लागि शिक्षा महत्वपूर्ण रहेकोले विपन्न वर्गका विद्यार्थीहरुलाई सहयोग गर्नका लागि कोषको स्थापना गरिदिएको दाता देवराज गुरुङले बताए। 

‘अहिले ५० हजार रुपैयाँको कोष स्थापना गरेको भएपनि कोषलाई वृद्वि गरि १ लाखसम्म पु¥याउनेछु’ –उनले भने। यस्तै आफ्ना वुवा, हजुरवुवाहरु अशिक्षित रहदा रहदै पनि उहाँहरुले शिक्षा प्रति मोह र लगाव देखाउदै आफुहरुलाई उच्च शिक्षा दिएकोले स्वर्गीय हजुरवुवाको सम्मानमा कोष स्थापना गरेको पनि उनले बताए।

IMG_9500.jpg

यसैगरी अक्षयकोषको रकम हस्तान्तरण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै वडाध्यक्ष जीवन गुरुङले अक्षयकोष स्थापना गरेकोमा दातालाई धन्यवाद व्यक्त गरेका छन्। ‘शिक्षा क्षेत्रलाई अगाडी बढाउन, यहाँका स्थानीय विपन्न वर्गका विद्यार्थीहरुको शिक्षामा सघाउ पु¥याउने कार्य गरेकोमा हामी अत्यन्त खुशी छौं’ –उनले भने। सम्बोन्धन कै क्रममा यस्तो राम्रो कामको सबैले सिको गर्दा राम्रो हुने पनि उनले बताए।

254544773_2951483015112992_1868517419737005760_n.jpg

रकम ग्रहण पश्चात विद्यालयका प्रध्यानाध्यापक कुल बहादुर चेपाङले अक्षयकोष स्थापनाका दातालाई धन्यवाद दिदै अक्षयकोषको आम्दानीलाई विद्यालय व्यवस्थापन समिति, अभिभावकहरुसँगको छलफलबाट कार्यविद्यि बनाई विपन्न विद्यार्थीको शिक्षामा खर्च गरिने बताए।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी एवं स्थानीय अभिभावकहरुको समेत उपस्थिति रहेको थियो।

images
प्रकाशित मिति :कार्तिक २३, २०७८ मंगलवार - १९:३८:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology