मुग्लिन, २२ कार्तिक । चितवनको साविक दारेचोक गाविसका पूर्व अध्यक्ष विष्णु लामाको निधन भएको छ। लामाको आज दिउँसो उपचारको क्रममा भरतपुर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
हालको इच्छाकामना गाउँपालिका वडा नं. ५ मुग्लिन बजार निवासी लामा वि.सं. २०५४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेद्वार बनि दारेचोक गाविसको अध्यक्षमा निर्वाचित भएका थिए।