चितवन, २० कार्तिक । तमू प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनले इच्छाकामना गाउँपालिका ३ डोंडेका पथ्थरी पिडित बिरामीलाई नगद २० हजार आर्थिक सहयोग गरेको छ। संघको दारेचोक इकाई समितिका राम बहादुर गुरुङको श्रीमती पथ्थरीका कारण उपचार गराईरहेकोले निजको स्वास्थ्यलाभको कामना गर्दै संघले आज उक्त रकम सहयोग गरेको हो।
भरतपुर अस्पतालमा उपचार गराईरहेको पिडितको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले उक्त रकम संघको तर्फबाट सहयोग गरिएको तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष लालप्रसाद गुरुङले जानकारी दिए।