Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेवारी बाजा तथा नाचगान सहित झिंगु नेवाः खलः आँबुखैरेनीद्वारा नेपाल संम्वतको स्वागत

नेवारी बाजा तथा नाचगान सहित झिंगु नेवाः खलः आँबुखैरेनीद्वारा नेपाल संम्वतको स्वागत

images

इच्छाकामना न्युज

१९, कार्तिक २०७८
नेवारी बाजा तथा नाचगान सहित झिंगु नेवाः खलः आँबुखैरेनीद्वारा नेपाल संम्वतको स्वागत
images

आँबुखैरेनी, १९ कार्तिक । नेपालीहरुको आफ्नै नयाँ वर्ष नेपाल सम्वत्ः ११४२ लाई नेवारी बाजा तथा नाचगान सहित आँबुखैरेनीको नेवार समुदायले स्वागत गरेको छ। झिंगु नेवाः खलः आँबुखैरेनीको आयोजनामा आज बिहान एक कार्यक्रमको आयोजना गरि नेवारी बाजागाजा र नाचगान सहित नेपाल संम्वतको स्वागत गरिएको हो।

नेपाल सम्वत्को अवसरुमा खलःले धिमे बाजा, कुमारी यात्रा  तथा लाखे नाच प्रस्तुत गर्दै झाँकी सहित न्हु दया भिन्तुना र्‍यालीले नगर परिक्रमा समेत गरेको थियो। करिब १०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रमको नेतृत्व खलःको अध्यक्ष शुभ लक्ष्मी श्रेष्ठले गरेका थिए। र्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, ब्यापारीवर्गहरुका साथै सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो।

viber_image_2021-11-05_13-11-39-642 copy.jpg

बिहान ८ बजे शिव मन्दिर प्राङ्गणमा जम्मा भई गरिएको भिन्तुना र्‍याली मौलिक नेवारी बाजा तथा नाचगान सहित आँबुखैरेनी चोकमा बनाएको मन्डलामा जेष्ठ नागरिकहरुद्वारा दिप प्रज्वलन गर्नुका साथै सगुनको कार्यक्रमका साथ सम्पन्न गरिएको खलका अध्यक्ष शुभलक्ष्मी श्रेष्ठले बताईन्। 

उक्त कार्यक्रममा वरिष्ठ समाजसेवी तथा झिंगु नेवाः खलःका सल्लाहकार बंशीराम प्रधानद्वारा नेपाल सम्बतको बारेमा तथा नेवारी रितिरिवाज र यसको महत्त्वको बारेमा प्रकाश पारेका थिए। उक्त भिन्तुना र्‍यली आँबुखैरेनीको बसपार्कमा रहेको गणेश मन्दिरको परिक्रमा गर्दै ११ बजे आँबुखैरेनीको मिलन चोकमा बिसर्जन गरिएको थियो।

images
प्रकाशित मिति :कार्तिक १९, २०७८ शुक्रवार - १६:५०:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology