Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखाको गण्डकी गाउँपालिका अवस्थित भैरबी मन्दिर निर्माण हुने, आज क्षमा पुजा गरियो

गोरखाको गण्डकी गाउँपालिका अवस्थित भैरबी मन्दिर निर्माण हुने, आज क्षमा पुजा गरियो

images

इच्छाकामना न्युज

१६, कार्तिक २०७८
गोरखाको गण्डकी गाउँपालिका अवस्थित भैरबी मन्दिर निर्माण हुने, आज क्षमा पुजा गरियो
images

गोरखा, १६ कार्तिक । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ मा रहेको ऐतिहासिक, धार्मिक स्थल भैरबी मन्दिर निर्माण गरिने भएको छ ।मन्दिर निर्माणका लागि आज क्षमता पुजा गरिएको छ ।

248229587_611548793322262_5515448330577079026_n.jpg

गाउँपालिका अध्यक्ष होम बहादुर राना,वडाध्यक्ष जीवन गुरुङ र स्थानीयहरुले क्षमा पुजा गरेका हुन् ।मन्दिर निर्माणका लागि गाउँपालिकाले रु ८० लाख विनियोजन गरिएको गाउँपालिका अध्यक्ष होम बहादुर रानाले बताउनुभयो ।उहाँका अनुसार मन्दिर सगैँ सौचालय र प्रतिक्षालय पनि निर्माण हुने छन्।

250008447_576952753420414_3710381213685869066_n.jpg

मन्दिर निर्माण आयोजनाका इन्जिनियर तूलसी घिमिरेले २०७९ जेठ सम्म निर्माण सम्पन्न गरिने बताउनुभयो । उहाँका अनुसार अहिले फाउण्डेसनको काम भइरहेको छ ।

249334044_1079964052773777_495123400636136082_n.jpg

स्थानीय राम बहादुर थापाका अनुसार परापुर्वकालदेखिनै हरेक बर्षको बैशाख पूर्णिमा मेला लाग्ने उक्त भैरवीमा रुखको फेदमा रहेको मुर्तिमा पुजाआजा गर्दै आएका छन् । श्रद्धालु भक्तजनहरुले यहाँ वली पनि चढाउने गर्छन् ।

251614678_980371289209079_408126442612235965_n.jpg
पछिल्लो समय देशका विभिन्न स्थानबाट भक्तजनहरु समेत आउन थालेका छन् ।

images
प्रकाशित मिति :कार्तिक १६, २०७८ मंगलवार - २१:२१:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology