Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

क्रुज ड्रग्स प्रकरण परि जेलमा रहेका शाहरुख पुत्र आर्यन २७ दिनपछि रिहा हुँदै

क्रुज ड्रग्स प्रकरण परि जेलमा रहेका शाहरुख पुत्र आर्यन २७ दिनपछि रिहा हुँदै

images

एजेन्सी

१३, कार्तिक २०७८
क्रुज ड्रग्स प्रकरण परि जेलमा रहेका शाहरुख पुत्र आर्यन २७ दिनपछि रिहा हुँदै
images

क्रूज ड्रग्स प्रकरणमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान रिहा हुँदैछन् । गत अक्टोबर २ मा आर्यनसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

खानले बिहीबार जमानत पाएका थिए। बाम्बे उच्च अदालतले शुक्रबार जमानतका लागि १४ सर्त राखेको थियो । तर, सर्त उल्लंघन भएमा जमानत रद्द हुनेछ ।

आर्यनको जमानत भए पनि औपचारिकता पुरा हुन बाँकी रहेकाले उनी अझै मुम्बईस्थित आर्थर रोड जेलमा रिहाइको पर्खाइमा छन् । आज बिहान १० बजे कारागार खुलेपछि उनी आजै बिहान ११ बजेसम्म रिहा हुने ठानिएको छ ।

आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको थियो। उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भनिए पनि उनको २ पटक जमानत रद्द भएको ईण्डिया टुडेले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७८ शनिवार - ०९:३०:२२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology