कुरिनटार, ११ कार्तिक । इच्छाकामना साहित्य प्रवाहले खुल्ला कविता प्रतियोगिता गर्ने भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जयन्तीको अवसरमा प्रवाहले कार्तिक १७ गते खुल्ला कविता प्रतियोगिता गर्ने भएको हो ।
प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुनेलाई पुरस्कृत गरिने छ ।प्रथम द्धितिय र तृतिय हुनेहरुले क्रमश : रु.२,०००,१,५०० र १,००० हजार नगद प्राप्त गर्ने छन् ।
कविता प्रतियोगिताका साथै देवकोटाको जीवनी र साहित्यिक योगदान माथी चर्चा , कविता संग्रह विमोचन, रचना वाचन, तथा स्रष्टा सम्मान कार्यक्रम रहेको आयोजक प्रवाहले जनाएकोछ ।
कार्यक्रमबारे विस्तृत जानकारीका लागि ९८४६११२५८०, ९८४५४२३६५०, ९८४५०५३१५१ र ९८४६१२५२५० सम्पर्क गर्न सक्नुहुनेछ ।