कुरिनटार, ८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी एमाले इच्छाकामना गाउँपालिकाको प्रथम अधिवेशन कार्तिक १० गते हुने भएको छ । पार्टीको नयाँ विद्यान अनुसार देशभर भोली कार्तिक ९ गते गर्न लागेको पालिका अधिवेशन इच्छाकामनामा भने कार्तिक १० गते हुने भएको हो।
हिजो मात्रै गाउँपालिकाको ७ वटै वडामा वडा अधिवेशन सम्पन्न गरि वडा कमिटि गठन गरेको एमालेले पालिका अधिवेशन भने कार्तिक १० गर्न लागेको एमाले इच्छाकामनाका अध्यक्ष कृष्ण सिलवालले जानकारी दिए।
उनका अनुसार प्रथम अधिवेशनले अध्यक्ष, उपाध्यक्ष र सचिव १÷१ जना, सह–सचिव २ जना र बाँकी सदस्य रहने गरि ७५ सदस्यीय नयाँ गाउँकमिटि चयन गरिनेछ।