पोखरा, ६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी एमाले पोखरा १५ को वडा कमिटि अध्यक्षमा सुवेदार भोज बहादुर गुरुङ चयन भएका छ । आज भएको प्रथम वडाअधिवेशनबाट सुवेदार गुरुङको अध्यक्षतामा ५१ सदस्यीय वडाकमिटि गठन गरेको हो।
कमिटिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा खेम बहादुर थापा, सचिवमा पार्वती कार्की, उपसचिवमा मन्दिरा परियार, कोषाध्यक्षमा आशिष भण्डारी, सदस्यहरुमा किरण गुरुङ, सुनिता पुर्जा लगायत चयन भएका छन्।