Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

स्वर्गीय सुर्य गुरुङ स्मृति कप फुटबल प्रतियोगिता आजदेखि याकराङमा सुरु, पहिलो दिन ६ खेल सम्पन्न

स्वर्गीय सुर्य गुरुङ स्मृति कप फुटबल प्रतियोगिता आजदेखि याकराङमा सुरु, पहिलो दिन ६ खेल सम्पन्न

images

इच्छाकामना न्युज

२१, आश्विन २०७८
स्वर्गीय सुर्य गुरुङ स्मृति कप फुटबल प्रतियोगिता आजदेखि याकराङमा सुरु, पहिलो दिन ६ खेल सम्पन्न
images

याकराङ, २१ असोज । क्लवका सदस्य स्वर्गीय सुर्य गुरुङको स्मृतिमा सिद्धिविनायक युवा क्लव इच्छाकामना ६ याकराङ चितवनले आयोजना गरेको स्वर्गीय सुर्य गुरुङ स्मृति कप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। नेपालीहरुको महान चाड बडा दशैंको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको स्वर्गीय सुर्य गुरुङका दाजु सुरज गुरुङको प्रमुख आतिथ्यतामा आजदेखि सुरु भएको हो।

कुल ३२ टिम सहभागी प्रतियोगिताको पहिलो दिन ६ खेल भएको छ। प्रतियोगितामा उद्घाटन खेल पिपलटार युृवा क्लव र झाङ्गझुङ्गे युवा क्लव बिच भएको थियो। सो खेलमा पिपलटार युवा क्लवलाई १–२ गोल अन्तरले हराउदै झाङ्गझुङ्गे युवा क्लव विजयी भएको छ। 

यस्तै दोस्रो खेलमा सिद्धदेवी युवा क्लव पाँचकिलोले ६–० गोल अन्तरले चनौटे युवा क्लवलाई हराएको छ। तेस्रो खेलमा देविटार युवा क्लवलाई ० का विरुद्ध २ गोल गर्दै मौवाखोला युवा क्लव विजयी भएको छ भने पेनाल्टी सुट आउटमा १–० मनकामना युवा क्लवलाई हराउदै लगनशिल युवा क्लवले जित निकालेको छ। 

आजै भएको अर्को खेलमा आयोजक सिद्धिविनायक युवा क्लव ‘बि’ टिमलाई पेनाल्टी सुट आउट ० का विरुद्ध १ गोल गर्दै काउले युवा क्लवले जित दर्ता गरेको छ भने अन्तिममा भएको मुग्लिन युवा क्लव विरुद्ध दाहाखानी युवा क्लव बिचको खेल निर्धारित समयमा बराबरी भएको छ। उक्त २ टिम बिच भोली बिहान १० मिनेट प्रतिस्पर्धा गरिने स्थानीय देवकुमार गुरुङले जानकारी दिए।

समुद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य कृष्णराज गुरुङ, जलदेवि टोल विकाश संस्थाका अध्यक्ष अमर बहादुर अधिकारी अतिथि रहेका थिए भने कार्यक्रम संचालन शिक्षक देवकुमार गुरुङले गरेका थिए। कार्यक्रम क्लवका अध्यक्ष टेष्ट कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो।

images
प्रकाशित मिति :आश्विन २१, २०७८ बिहिवार - १९:३१:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology