मुग्लिन, ८ असोज । नेपाल कम्युनिष्ट पार्टी एमाले इच्छाकामना गाउँपालिका वडा नं. ५ को इन्चार्जमा लालिराम कडेल र अध्यक्षमा टोपनारायण श्रेष्ठ चयन भएका छन्। मुग्लिनमा सम्पन्न नेकपा एमालेको वडा कार्यकर्ता भेलाले वडा कमिटिको इन्चार्जमा कडेल र अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो।
भेलाले वडा कमिटि सह–इन्चार्जमा प्रकाश त्रिपाठी र सचिवमा तारा गुरुङ सहित ३१ सदस्यीय नेकपा एमाले इच्छकामना वडा नं ५ को वडा कमिटि गठन गरेको छ।
त्यसैगरी सोहि वडा भेलाले इन्चार्ज प्रकास श्रेष्ठ, सह–इन्चार्ज जीवन थापा, अध्यक्ष सुदिप सिलवाल, सचिव सानुबाबु थापा, सह सचिव दिपेन्द्र खड्का सहित ५१ सदस्यीय राष्ट्रिय युवा संघ इच्छकामना वडा नं. ५ को वडा कमिटि गठन गरेको छ।

त्यस्तै इन्चार्ज दुर्गा पाण्डे, अध्यक्ष लक्ष्मी कडेल, उपाध्यक्ष चित्रा शेरचन, सचिव तारा श्रेष्ठ, सह सचिव निमिसा चेपाङ, कोषाध्यक्ष रीता त्रिपाठी गुरुङ सहित ५१ सदस्यीय अखिल नेपाल महिला संघ इच्छकामना वडा नं. ५ को वडा कमिटि गठन गरेको छ।
कुमार श्रेष्ठको अध्यक्षता तथा माया सिलवालले संचालन गर्नुभएको सो वडा भेलामा प्रमुख अतिथि बागमती प्रदेश सदस्य तथा जिल्ला कमिटीका सचिब प्रकाश खनाल शैलेस अन्य अतिथिहरुमा बागमती प्रदेश कमिटीका सदस्य नारायण अधिकारी, शान्ति अधिकारी, जिल्ला कमिटी सदस्य जुना राजभण्डारी, इच्छाकामना इन्चार्ज दान बहादुर गुरुङ, इच्छाकामना गाउँ कमिटी अध्यक्ष कृष्ण सिलवाल लगायत करिब ३५० जना एमालेका अन्य नेता तथा कार्यकर्ताहरु उपस्थिति रहेको थियो।

कार्यक्रममा विगतमा पार्टीका विभिन्न पङ्क्तिमा काम गर्नुभएका ५० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको थियो भने सोहि कार्यक्रममा नेपाली कांग्रेसका पुराना कार्यकर्ता हिरामानसिह गुरुङ तथा अर्जुन चेपाङको नेतृत्वमा नेपाली कांग्रेस तथा नेकपा माओवादी पार्टी परित्याग गरि ४५ जना नेकपा एमालेमा प्रवेश गरेका थिए।