Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हास्यव्यङ्ग्य कलाकार रमेश केसी ‘मत्तारे’ को हृदयघातका कारण निधन

हास्यव्यङ्ग्य कलाकार रमेश केसी ‘मत्तारे’ को हृदयघातका कारण निधन

कलाकार केसी आँबुखैरेनी स्रष्टा समाज आँबुखैरेनीद्वारा प्रदान गरिने इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार–२०७६ बाट सम्मानित भएका थिए

इच्छाकामना न्युज

३, आश्विन २०७८
हास्यव्यङ्ग्य कलाकार रमेश केसी ‘मत्तारे’ को हृदयघातका कारण निधन
images

काठमाडौं, ३ असोज । हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन भएको छ । हृदयाघातको कारण उनको आज बिहान ९ बजे गीत छायांकनकै सेटमा निधन भएको कलाकार उत्तम केसीले जानकारी दिए ।

images
images

कलाकार केसीको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट क्षेत्रमा करिब १ घण्टा राखिएको थियो ।

श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, कलाकार उत्तम केसी, वीरेन्द्र हमाल, प्रभाकर शर्मा, रामशरण कोइराला, राजेश महर्जन, मुकुन्द मैनाली, सिरियल हर्के हवल्दार युनिट, निर्देशक कलाकार जीवन थापा, पनाह अधिकारी लगायत पुगेका थिए । कलाकारहरुले चलचित्र संघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली गरेका थियो ।

वि.सं २००९ सालमा जन्मिएका रमेशको २ छोरा, ३ छोरी र श्रीमती छन् । केसीले नाटक ‘अन्जान’बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । यसपछि उनले, ‘के सक्कली के नक्कली , यमपुरीमा जिउँदो मान्छे, क्रसमा टाँगिएको जिन्दगी, मुनामदन, पृथ्वीनारायण, मोदीआइन, एकेएन लगायतका नाटकमा अभिनय गरेका थिए ।

यस्तै, उनले ‘जे भो राम्रै भो, रहर, लोभी पापी, चङ्गा’ लगायतका चलचित्रमा अभिनय गरेका थिए । कलाकार केसीले ‘ हर्के हवल्दार, तितो सत्य, अब अती भो, च्वास्स चुस्स, आफ्नै कथा, एकादेशको चुरीफुरी, लक्ष्मी र आम्मै’ लगायतका सिरियलमा समेत काम गरेका थिए । 

कलाकार केसी आँबुखैरेनी स्रष्टा समाज आँबुखैरेनीद्वारा प्रदान गरिने इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार–२०७६ बाट सम्मानित हुनुहुन्थ्यो ।

images
प्रकाशित मिति :आश्विन ३, २०७८ आइतवार - २२:१४:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology