Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपा एमाले इच्छाकामना ६ को इन्चार्जमा लक्ष्मण चेपाङ र अध्यक्षमा भुपेन्द्र चेपाङ चयन

नेकपा एमाले इच्छाकामना ६ को इन्चार्जमा लक्ष्मण चेपाङ र अध्यक्षमा भुपेन्द्र चेपाङ चयन

सोही भेलामा माओवादी केन्द्र र कांग्रेसबाट ५ दर्जन कार्यकर्ता एमाले पार्टीमा प्रवेश गरेको दावी

इच्छाकामना न्युज

२, आश्विन २०७८
नेकपा एमाले इच्छाकामना ६ को इन्चार्जमा लक्ष्मण चेपाङ र अध्यक्षमा भुपेन्द्र चेपाङ चयन
images

चनौटे, २ असोज । नेपाल कम्युनिष्ट पार्टी एमाले इच्छाकामना वडा नं. ६ को वडाकमिटि इन्चार्जमा लक्ष्मण चेपाङ र अध्यक्षमा भुपेन्द्र चेपाङ चयन भएको छ। इच्छाकामना ६ चनौटेमा आज सम्पन्न एमालेको वडा भेलाले इन्चार्ज र अध्यक्ष्मा चेपाङद्वयलाई चयन गर्दै ५१ सदस्यीय वडाकमिटि गठन गरेको हो। वडाकमिटिको सचिवमा भने कुमार गुरुङलाई चयन गरेको छ। 

images
images

यस्तै सोही भेलामा माओवादी केन्द्रका जित बहादुर मगर, गंगा बहादुर मगर, राजकुमार चेपाङ, नेपाली कांग्रेसका चन्द्र बहादुर घर्ती, सोम बहादुर घर्ती, मैतेराम घर्ती लगायत गरी ५ दर्जन भन्दा बढि माओवादी केन्द्र र नेपाली कांग्रेस छोडेर नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमालेका इन्चार्ज दान बहादुर गुरुङले जानकारी दिए।

chepang.jpg

कार्यक्रम नेकपा एमालेको जिल्ला चितवन जिल्ला सचिव प्रकाश खनाल ‘शैलेस’को प्रमुख आतिथ्यता र वडाध्यक्ष भुपेन्द्र चेपाङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्य नारायण अधिकारी, प्रकाश अधिकारी, शान्ती अधिकारी, इच्छाकामनाका इन्चार्ज दान बहादुर गुरुङ, अध्यक्ष कृष्ण सिलवाल लगायत स्थानीय नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

यस्तै कार्यक्रममा एमालेका पूर्व पार्टी प्रमुखहरु रमेश कुमार गुरुङ, पुष्पलाल गुरुङ, ललिमन गुरुङ, कृष्णराज गुरुङ, धन बहादुर चेपाङ लगायत १५ जनालाई सम्मान समेत गरेको थियो।

241388915_1086914178745871_3785707914724223785_n.jpg

images
प्रकाशित मिति :आश्विन २, २०७८ शनिवार - २१:२९:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology