Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

देवघाट आश्रममा रहेका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षणका साथै औंषधी वितरण

देवघाट आश्रममा रहेका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षणका साथै औंषधी वितरण

आशिक राना

२६, कार्तिक २०७७
देवघाट आश्रममा रहेका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षणका साथै औंषधी वितरण
images

देवघाट, २६ कार्तिक । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र रहेको देवघाट आश्रमका ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको छ। प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको आयोजनामा आज आश्रमका ३८ जना ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको हो। 

images
images

124390514_3308422069255028_5999840144291015653_n.jpg
कार्यक्रमा ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिनुका साथै निःशुल्क आँैषधी वितरण समेत गरिएको थियो। कार्यक्रमलाई सम्बोन्धन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले ज्येष्ठ नागरिकलाई खुशी पार्ने काम गरेमा सबै भन्दा ठुलो पुन्य काम हुने बतानउुभयो। 
उक्त कार्यक्रममा संयोजक डा. प्रमोद मण्डल, व.क.नि. केशवराज न्यौपाने, वैध नि. सोमकान्त पौडेल र वैध नि. भोजहरी रानाभाट लगायतको समूहले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरेका थिए।

images
प्रकाशित मिति :कार्तिक २६, २०७७ बुधवार - २२:१५:१६ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology