सिमलढाप, २६ भदौ । नेपाल कम्युनिष्ट पार्टी एमाले इच्छकामनाले वडा नं. ७ मा वडा कमिटि गठन गरेको छ। एमालेको इच्छाकामना ७ स्थित सिमलढापमा आज सम्पन्न वडा भेलाले ५१ सदस्यीय वडा कमिटि गठन गरेको हो।
भेलाले नेकपा एमाले इच्छाकामना गाउँपालिका वडा नं ७ को इन्चार्जमा बोधराज गोले र अध्यक्षमा मनिराज गुरुङलाई चयन गरेको छ। भेलाले वडाकमिटिको अन्य पदाधिकारीहरु मध्य वडा सचिवमा सुमन आले मगर, सह–सचिवमा तिलक बहादुर मगर, कोषाध्यक्षमा बिक्रम मगर लगायतलाई चयन गरेको हो।