Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

गोरखामा कांग्रेसको पालिका अधिवेशनः कहाँ कसको चर्चा ?

गोरखामा कांग्रेसको पालिका अधिवेशनः कहाँ कसको चर्चा ?

गण्डकीमा होम बहादुर गुरुङ र शहिद लखनमा ४ जनाको नाम चर्चामा

images

इच्छाकामना न्युज

२५, भाद्र २०७८
गोरखामा कांग्रेसको पालिका अधिवेशनः कहाँ कसको चर्चा ?
images

गोरखा, २५ भदौ । भदौ २७ गते नेपाली कांग्रेसको पालिका स्तरीय अधिवेशन हुँदैछ । १८ गते वडा अधिवेशन सकेका कांग्रेस नेता कार्यकर्ता पालिका अधिवेशनमा होमिएका छन् ।

उमेद्धवारका आकांक्षी केन्द्रिय र जिल्ला स्तरका नेता सँगको भेटघाटमा ब्यस्त छन् । दुईवटा नगर र आठ वटा पालिकाको अधिवेशनमा सबैको ध्यान केन्द्रित छ ।

गोरखा नगरपालिकामा यस अघि सभापति रहेको चन्दनबाबु खत्री, गोरखा नगरपालिका ३ का प्रबिण तिवारी र वडा नम्बर १२ मा कांग्रेसबाट वडा अध्यक्ष निर्वाचित डिलबहादुर थापाले सभापती बन्ने इच्छा देखाएका छन् । खत्री पुन अर्को कार्यकाल नगर सभापति बन्ने योजनामा लबिङ गरिरहेका छन् भने थापा आफु बन्ने दौडमा छन् ।

पालुङटार नगरपालिकामा अमर धिताल र बिमल ढकालले प्रतिषप्रर्धा गर्ने चर्चा छ । धिताल नेपाल विद्यालय संघको राजनीति गर्दै गत स्थानीय निर्वाचमा कांग्रेसबाट वडा नम्क्बर १० का उमेद्धवार समेत बनेका थिए । ढकाल यस अघिको समितिका सचिव हुन् ।

चुमनुब्री गाउँपालिकामा सुर्य गुरुङ, धार्चे गाउँपालिकामा सन्तोष गुरुङ र गण्डकी गाउँपालिकामा होमबहादुर गुरुङको चर्चा छ । यी तीनवटा पालिकामा प्रतिद्धन्धी हालसम्म देखिएका छैनन् ।

आरुघाट गाउँपालिकामा राजु गुरुङ र ज्ञानप्रसाद श्रेष्ठको चर्चा छ । सबैभन्दा धेरै आकांक्षि भिमसेन थापा गाउँपालिकामा छन् । वडा अध्यक्षहरु नारायण भट्टराई, बासु थापाको चर्चा छ । यस्तै सानुकाजी बानियाँ, कृष्णबहादुर बानियाँ, बिदेश नरालको नाम पनि गाउँपालिका पार्टी सभापतिमा आउने गरेको छ ।

शहीदलखन गाउँपालिकामा वडा नम्बर ८ का अध्यक्ष काशिनाथ अम्गाई, मदनप्रसाद लम्साल, श्रीकृष्ण ढकाल, भिमप्रसाद पोखरेलले इच्छा जाहेर गरेका छन् ।

सिरानचोक गाउँपालिकामा वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङ, बिरबहादुर गुरुङको चर्चा छ । भक्त बहादुर गुरुङ, जयकृष्ण ढकालले पनि सिरानचोक गाउँपालिकाको पार्टी सभापतिमा उमेद्धवारी दिने बताएका छन् ।

अजिरकोट गाउँपालिकामा जंगबहादुर गुरुङ र तयाराज गुरुङको चर्चा छ । यी दुबै जना वडा अध्यक्ष हुन् । बारपाक सुलिकोट जितबहादुर घले, कृष्ण गुरुङ, केसरी ढकालको चर्चा छ । गुरुङ वडा अध्यक्ष हुन् भने घले यस अघि पनि पार्टीको पालिका स्तरीय समितिको सभापति हुन् ।

दरौदी दैनिकबाट

images
प्रकाशित मिति :भाद्र २५, २०७८ शुक्रवार - १९:४१:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology