Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

पाककला : स्वादिलो र पोषिलो पनि

पाककला : स्वादिलो र पोषिलो पनि

इच्छाकामना न्युज

१५, आश्विन २०७७
पाककला : स्वादिलो र पोषिलो पनि
images
खानाबाट आनन्द लिन, स्वादको अनुभव गर्न र स्वास्थ्य राम्रो बनाउन पाककला महत्वपूर्ण छ । सामान्य लाग्छ, तर पाककला हाम्रो स्वास्थ्य र स्वादसँग अभिन्न रुपमा जोडिएको विषय हो

खाना पकाउनु आफैँमा एउटा कला हो । जसरी एउटा सुन्दर कलाकारको मेहनतले एउटा सुन्दर कलाकृतिको रचना हुन्छ, त्यसरी नै एउटा मेहनती गृहिणीले कलात्मक र मीठो खाना तयार पार्न सक्छिन् । खाना पकाउने कला केटामान्छे होस् या केटीमान्छे दुवैका लागि कलात्मक हुन सक्छ ।

images
images

खाना पकाउले कलाको इतिहास खोतल्ने हो भने आजभन्दा ५ लाख वर्ष पहिले मान्छेले आगोलाई आफू अनुकूल प्रयोगमा ल्याउन थालेको बताउने गरिन्छ । भनिन्छ त्यो समयमा आगोम झुक्किएर मासुको टुक्रा खस्यो, आगोले त्यो मासुलाई नरम मात्रै बनाएन स्वादिलो पनि बनायो । यही आधारमा खाना पकाएर खानु पर्छ भन्ने मान्यताको विकास हुँदै आयो । त्यसैले जति धेरै प्रविधिको विकास हुँदैछ, पाक कलामा पनि त्यति नै धेरै सुधार हुँदैछ ।

माइक्रोवेव गर्नु स्वास्थ्यको लागि कत्तिको फाइदा ?

खानालाई माइक्रोवेव गरेर खानुलाई मान्छेले पछिल्लो समय उपयोगी मान्ने गरेका छन् । थोरै समयमात्रै तातोमा राख्दा यसमा रहेका पोषक तत्व कम मात्रामा नष्ट हुन्छ र यो शरीरको लागि फाइदाजनक हुन्छ भन्ने कुरा पोषणविद्हरू बताउँछन् ।

पोषणविद्हरूका अनुसार हरिया सागसब्जीलाई माइक्रोवेभमा तताउँदा २०देखि ३० प्रतिशतसम्म मात्रै पोषक तत्व नष्ट हुने भएकोले माइक्रोवेव गरेर खाना खानु उपयुक्त हुन्छ ।

भोजन स्वस्थ राख्नको लागि फ्राइ गर्ने कि स्टर फ्राइ गर्ने ?

खाना बनाउने बेलामा खाना धेरै मान्छेलाई फ्राइ गरेर पकाउने गर्छन् । तर यथार्थ यो हो कि सबै खाद्य पदार्थ फ्राइ गरेर मात्रै खानु उपयुक्त हुँदैन । माछा ओमेगा ३ फ्याटी एसिडको सबैभन्दा राम्रो स्रोत हो । जसले कैयौं स्वास्थ्य लाभ हासिल गर्ने गर्छ । तर यसलाई उच्च तापमा पकायौं भने यसले पूरा पोषक तत्व प्रदान गर्ने गर्दैन ।

उदाहरणको लागि यदि हामीले ट्युना माछालाई फ्राइ ग¥यौं भने ७० देखि ८० प्रतिशतसम्म ओमेगा ३ को कन्टेन्ट घट्न जान्छ ।

स्टर–फ्राइ गर्नु

स्टर फ्राइमा एउटा ठूलो कराइमा धेरै ताप दिएर खानालाई एकदमै कम समय पकाउने गरिन्छ । यसमा तेल र मक्खनलाई यसमा पकाउने गरिन्छ ।

बाफमा खाना पकाउनु सबैभन्दा उत्तम विकल्प

खाना पकाउने कलामध्ये बाफमा खाना पकाउनु सबैभन्दा उत्तम विकल्प मान्ने गरिन्छ । खासगरी पानीमा घुलनशील भिटामिनको संरक्षणको लागि यस्तो तरिकाले पकाएको खाना उपयुक्त मान्ने गरिन्छ । विभिन्न शोध अनुसार पुष्टि भएको छ कि पालक, ब्रोकाउली जस्ता कखाद्य पदार्थलाई बाफमा पकाउनुले ९ प्रतिशतदेखि १५ प्रतिशतसम्म भिटामिन सीको कमी हुने गर्छ । यसमा पाकिसकेपछि नुन, मसला या तेल राखिदिन पनि सकिन्छ ।

उमाल्नुलेको खानामा पोषक तत्व बढी हुन्छ ?

खाना उमालेर खानु खाद्य संस्कारको पुरानो एउटा संस्कार हो । विश्वका कतिपय संस्कृतिमा अहिलेसम्म पनि खाना उमालेर खाने गरिन्छ । गुन्द्रुक जस्ता कतिपय खानेकुरा उमालेर खाने गरिन्छ । यस्तो खाद्यपदार्थ प्रायः थोरै मात्रामा केही कुरा हालेर धेरै पानी मात्रैलाई पिउने गरिन्छ ।

खाना पकाउने समयमा धेरै पोषक तत्व पाउने टिप्स

खाना पकाउने समयमा पोषक तत्वको कमीलाई पूर्ति गर्नको लागि  कम्तीमा यी कुरालाई ध्यान दिनु जरुरी छ ।

–भोजनलाई उमाल्ने समयमा सकेसम्म कम पानीको प्रयोग गर्नुहोस् ।

–यदि तपाईं मांसाहारी खानेकुरा बनाइरहनु भएको छ भने यसमा मासुलाई निकालेर धेरैबेर रसलाई मात्रै पकाउनुहोस् ।

पकाएको तरकारीलाई एकदिनभन्दा धेरै फ्रिजमा राखेर पनि नखानुहोस् । किनकि हावाको सम्पर्कका कारण यसमा भएको पोषक तत्व नष्ट हुन्छ ।

यदि सम्भव हुन्छ भने खाद्य पदार्थलाई पकाउनुपूर्व होइन । पकाइसकेपछि काट्नुहोस् ।

–तरकारी पकाउने बेलामा त्यसलाई केवल केही मिनेट मात्रै पकाउनुहोस् ।

यी कुराहरूमा ध्यान राखौं

खाना पकाउने समय केही नियमहरूको पालना गर्नुहोस् । याद गर्नुपर्ने कुराहरुमा खाना पकाउने अवधि, तापमान र पकाउने तरिकाहरू पर्छन् ।

खाना पकाउने केही तरिकाहरू अरू तरिकाको तुलनामा स्वास्थ्यबद्र्धक हुने गर्छ । उदाहरणको लागि ‘डिप फ्राइ’ वा धेरैबेर भुट्नुको तुलनामा केहीबेर मात्रै भुटेको तरकारी धेरै स्वास्थ्यबद्र्धक हुन्छ । स्टर फ्राइले पनि कम तेलको प्रयोग गर्नुका साथै भोजनलाई अधिक पौष्टिक बनाउन पनि मद्धत गर्ने गर्छ ।

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०८:२५:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology