Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

तौल घटाउन दही खाने कि मोही ?

तौल घटाउन दही खाने कि मोही ?

इच्छाकामना न्युज

१९, चैत्र २०८१
तौल घटाउन दही खाने कि मोही ?
images

काठमाडौँ । स्वास्थ्यका लागि दहीलाई अमृत समान मानिन्छ । शरीरलाई शीतल बनाउने भएकोले दहीलाई मात्रै होइन मोहीलाई पनि स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । 

images
images

यी दुबैमा प्रशस्त मात्रामा पोषण पाइन्छ । दुवैले हाम्रो शरीरलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । तर जबजब तौल घटाउने कुरा आउँछ, मानिसहरू यी दुईमध्ये कुन खाने भन्नेमा अन्योलमा पर्छन् । सर्सर्ती हेर्दा दुवै स्वास्थ्यका लागि राम्रो छन् ।

त्यसो भए तौल घटाउन कुन बढी प्रभावकारी हुन्छ त ?  
तौल घटाउने प्रयास गरिरहँदा हामी यो खायो भने कति क्यालोरी पाइएला भनेर हिसाब गर्न थाल्छौँ । क्यालोरीको कुरा आउँदा तौल घटाउन चाहनेका लागि दहीभन्दा मोही बढी फाइदाजनक हुन्छ । सय ग्राम दहीमा ९८ क्यालोरी हुन्छ । त्यति नै मोहीमा ४० ग्राम मात्रै क्यालोरी हुन्छ । यस्तोमा तौल घटाउने अभियानमा रहेकालाई दहीको तुलनामा मोही बढी उपयोगी हुन्छ ।

डिहाइड्रेसनबाट बचाउँछ मोही
मोहीमा प्रशस्त मात्रामा पानी हुन्छ । यसले शरीरलाई लामो समयसम्म हाइड्रेटेड राख्छ । मोही पिउँदा लामो समयसम्म पेट टम्म भरिएको महसुस हुन्छ । शरीरमा पानीको पनि कमी हुँदैन । अर्को महत्त्वपूर्ण कुरा चाँहि केही मानिसलाई ल्याक्टोज इन्टोलरेन्स हुन्छ । यस्ता मानिसहरू दही खान सक्दैनन् । दही पच्दैन । तर मोही पचाउन धेरै मिहेनत गर्नु पर्दैन । त्यसैले पनि यो राम्रो विकल्प हुन्छ । 

पौष्टिकताबारेमा कुरा गर्ने हो भने दही र मोही दुबैमा भरपुर मात्रामा प्रोबायोटिक्स पाइन्छ । यी दुबैमा क्याल्सियम, भिटामिन र अन्य धेरै पोषक तत्त्वहरू हुन्छन् ।

images
प्रकाशित मिति :चैत्र १९, २०८१ बुधवार - ०८:४६:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology