काठमाण्डौ, १२ भदौ । गोरखाको धार्चे स्थायी घर भई हाल काठमाडौँमा रहेका नेकपा (माओवादी केन्द्र) मा आस्था रहेकाहरुले धार्चे–काठमाण्डौ सम्पर्क मञ्चको गठन गरेका छन् । शनिबार काठमाडौँमा एक कार्यक्रम गरी इमानसिङ गुरुङको अध्यक्षतामा मञ्च गठन गरेका हुन् ।
मञ्चको सचिवमा धनबहादुर गुरुङ (सिङ्ला), सदस्यहरुमा नलेबहादुर गुरुङ(लाप्राक), यम बहादुर गुरुङ, धना गुरुङ, सुरमान गुरुङ, श्रीलाल गुरुङ(लाप्राक), डिलमाया गुरुङ, गम बहादुर गुरुङ(लप्सिबोट), छलकन्या गुरुङ, मानबहादुर गुरुङ(सिङ्ला), विष्णु गुरुङ (गुम्दा), इन्द्र गुरुङ (लापु), धनबहादुर गुरुङ (उहिया), मिलन गुरुङ, भीमा गुरुङ (काशिगाउँ), किशोर गुरुङ (रुन्चेत) रहेका छन् ।
नेकपा(माओवादी) धार्चे गाउँ पार्टी कमिटीका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा प्रतिनिधिसभाका सांसद चुडामणि, पूर्व मन्त्री छमबहादुर गुरुङ, पार्टीका सल्लाहकार सदस्य निमा लामा, चुमनुब्री गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङ, राकेश गुरुङ, बिरु गुरुङ लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।