कुरिनटार, ३० साउन । नेकपा एमाले इच्छाकामनाले कुरिनटारमा पार्टी कार्यालय स्थापना गरेको छ। एमालेले आज एक कार्यक्रमका बिच इच्छाकामना ४ कुरिनटारमा पार्टी कार्यालय स्थापना गरेको हो।
कार्यालयको आजै प्रतिनिधिसभा सदस्य कृष्ण भक्त पोखरेलले उद्घाटन गरेका छन्। कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्दै सांसद पोखरेलले पार्टी कुनै पनि हालतमा नफुट्ने बताए।
उनले भने– “केही साथीहरु बहिरन सक्छन् तर आम कार्यकर्ताहरु एकताको पक्षमा रहेको छ अब नेकपा एमाले थप मजबुद बन्दै जाने छ ।” साथै उनले टोलटोलमा गएर पार्टी संगठन विस्तार अघि बढाउन र अध्यक्ष केपी शर्माओली नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको बारेमा जनतालाई जानकारी गराउन निर्देशन समेत दिए।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य प्रकाश अधिकारी, जिल्ला अध्यक्ष पारवती रावल, सचिव प्रकाश खनाल ‘शैलेस’ नेकपा एमाले इच्छाकामनाका इन्चार्ज दान बहादुर गुरुङ, नारायण अधिकारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
आजै कुरिनटारमा पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा गाउँकमिटीका पदाधिकारीहरुलाई सपथ ग्रहण समेत गराईएको नेकपा एमाले इच्छाकामनाका सचिव रुद्र उप्रेतीले जानकारी दिए।
कार्यक्रम नेकपा एमाले इच्छाकामनाका अध्यक्ष कृष्ण सिलवालको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन सचिव उप्रेतीले गरेका थिए।