आँबुखैरेनी, २७ साउन । तनहुँको आँबुखैरेनी बजारमा पनि राष्ट्रिय मास्क अभियान संचालन गरेको छ। आँबुखैरेनी गाउँपालिका सहित स्थानीय विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा आज आँबुखैरेनी बजरामा मास्क अभियान संचालन गरेको हो।
अभियानमा लायन्स क्लव अफ आँबुखैरेनी, लायन्स क्लव अफ आँबुखैरेनी सिटि, लायन्स क्लव अफ आँबुखैरेनी अकला, लायन्स क्लव अफ आँबुखैरेनी स्टार, सामुदायिक प्रहरी सेवा केन्द्र, इलाका प्रहरी कार्यालय आँबुखैरेनी लगायतका संघ संस्थाहरुको संलग्नता रहेको थियो।