चितवन, २० कार्तिक । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणली विकसित भएको छैन । हाल देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ ।
त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ ।
त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहनेछ । त्यसैगरी पहाडी भू–भागका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राती देशको पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ । त्यस्तै देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।